स्याहार अर्थतन्त्रको सान्दर्भिकता विषयक रोजगारदाता तालिम धनगढीमा सुरु

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले अन्तर्राष्ट्रिय श्रम संगठनको सहकार्यमा स्याहार अर्थतन्त्रको सान्र्दभिकता विषयक रोजगारदाता तालिम आयोजना गरेको छ ।

निजी क्षेत्रमा स्याहार अर्थतन्त्रको सान्र्दभिकता विषयक रोजगारदाता तालिम कैलालीको धनगढीमा बुधवार सुरु भएको छ । बुधवारबाट सुरु भएको तालिम तीन दिनसम्म चल्नेछ । अन्तर्राष्ट्रिय श्रम संगठन (सशक्त महिला सम्वृद्ध नेपाल) परियोजना र नेपाल उद्योग वाणिज्य महासंघ काठमाडौं बीच भएको सम्झौता वमोजिम नेपाल उद्योग वाणिज्य महासंघ सुदुरपश्चिम प्रदेशको आयोजनामा तालिम सुरु भएको हो ।

नेपाल उद्योग वाणिज्य महासंघ सुदुरपश्चिम प्रदेश कार्यसमिति सदस्य तथा लम्की उद्योग वाणिज्य संघको अध्यक्ष पदमराज चौलागाईको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन प्रमुख अतिथि नेपाल उद्योग वाणिज्य महासंघ केन्द्रिय सदस्य तथा महिला उद्यमी विकास समिति संयोजक कमला श्रेष्ठले गरेकी हुन् ।

प्रमुख अतिथि श्रेष्ठले स्याहार अर्थतन्त्रमा अब सरकार र निजि क्षेत्र गम्भिर भएर यसको आवश्यक कार्यविधि बनाएर प्रत्यक्ष आर्थिकमा नजोडिएको तर ठुलो हिस्सा अर्थतन्त्र र आर्थिक क्रियाकलापसंग जोडिएको विषय भएको हुदा अब स्याहार अर्थतन्त्रलाई राष्ट्रको विषय बनाउन आवश्यक रहेको बताइन् । उनले यसलाई सहजिकरण र आवश्यक सहयोग गर्न निजी क्षेत्र तयार रहेको जानकारी दिइन् ।

कार्यक्रममा उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिव प्रमोद भट्टराई तथा सामाजिक विकास मन्त्रालयका निमित्त सचिव गगनदेव भट्ट लगायत सहभागी थिए । तालिमको उद्धेश्य र नेपाल उद्योग वाणिज्य महासंघका सन्दर्भमा महासंघका सहायक निर्देशक हरि पौडेलले जानकारी दिएका छन् ।

तालिम अवधीभर प्रमुख प्रशिक्षकको रुपमा आस्था भट्टले सहजिकरण गर्ने बताइएको छ । तालिममा सुदुरपश्चिमका उद्योगी व्यवसायी सरकारी तथा गैरसरकारी गरी जम्मा ३० जना सहभागी छन् ।

 

 

 

You might also like

Comments are closed.

Secret Link