पोखरा । काहुँखोला भाट समाज पोखरा १३ कास्कीको आयोजना र स्वतन्त्र पत्रकार संघ कास्कीको सहकार्यमा ३ दिने उद्घोषण तालिम सम्पन्न भएको छ ।
समापन कार्यक्रमको उद्घाटन रानाभाट तथा भाट समाज नेपाल गण्डकी प्रदेश समितिका कोषाध्यक्ष रुद्रप्रसाद रानाभाटले गरेका थिए । उनले बोल्ने कला सिक्नु भनेको केवल औपचारिक कार्यक्रम गर्न मात्रै नभई हरेक क्षेत्रमा काम लाग्ने बताए ।
स्वतन्त्र पत्रकार संघ कास्कीका अध्यक्ष कृष्ण रानाभाटले संघले विभिन्न समुदायका इच्छुक व्यक्तिलाई निःशुल्क रुपमा प्रशिक्षण दिने वातावरण मिलाउँदै आएको र सशुःल्क प्रशिक्षण दिने गृहकार्य भइरहेको पनि बताए । तालिममा मुख्य प्रशिक्षक सागर कार्कीले कुनैपनि कुरा सिक्न उमेरले नछेक्ने बताउँदै तालिममा सिकेको कुरा कसरी प्रयोगमा ल्याउन सकिन्छ भन्ने बारेमा सोच्नुपर्ने बताए ।
सो अवसरमा तालिमका प्रशिक्षक स्वतन्त्र पत्रकार संघका केन्द्रिय पार्षद सागर कार्की, कास्कीका कोषाध्यक्ष राधा ढकाल, सदस्य गणेशबज्र लामा र अल्चना श्रेष्ठ, पत्रकार कृष्ण क्षेत्रीलाई प्रशंसा पत्र प्रदान गरिएको छ । समाजका अध्यक्ष श्रीराम रानाभाटको अध्यक्षतामा भएको कार्यक्रममा समाजका सल्लाहकार डिल्लीराम रानाभाटले स्वागत र सञ्चालन सचिव सुर्य रानाभाटले गरेका हुन् ।






Comments are closed.