फिस्टेल स्कुल र होक्काइडो युनिभर्सिटीका विद्यार्थीबीच सिकाइ अनुभव आदानप्रदान

पोखरा । पोखरामा रहेको फिस्टेल एकेडेमी माध्यमिक विद्यालय र जापानको होक्काइडो युनिभर्सिटीका विद्यार्थी बीच सिकाइ अनुभव आदानप्रदान भएको छ ।

फिस्टेल स्कुलको निमन्त्रणामा बुधवार विद्यालयमा आइपुगेका जापानी विद्यार्थीहरू हामार्क, माया, रिको, मोमोका र आयामीले आफ्नो अनुभवहरू प्रस्तुत गरे । फिस्टेल स्कुलका तर्फबाट कक्षा १० देखि १२ सम्मका विभिन्न विद्यार्थीले आफ्नो अनुभवहरू व्यक्त गरेका छन् ।

शिक्षाले नै देशलाई समृद्धितर्फ लैजाने भन्दै टोलीका प्रमुख किमुजोले फिस्टेल स्कुलले आई.बी.पी.वाई.पी. पद्धतिलाई अवलम्बन गरेको तथा प्रोग्रेसिभ स्कुलका रूपमा आफूलाई सञ्चालन गरेकामा खुसी व्यक्त गरिन् ।

यस किसिमको सिकाइ अनुभव आदानप्रदानबाट दुवै पक्षको सिकाइमा सकारात्मक विकास हुने हुँदा आगामी दिनमा समेत यसले निरन्तरता पाउने बताइएको छ ।

You might also like

Comments are closed.