पृथ्वी राजमार्ग बस सञ्चालक समिति कम्पनीमा दर्ता

पोखरा । पृथ्वी राजमार्ग बस संचालक समिति कम्पनीमा दर्ता भएको छ । पृथ्वी राजमार्ग बस कम्पनी प्रा.लि.को नाममा दर्ता गरिएको महासचिव योगेन्द्रबहादुर केसीले जानकारी दिए ।

कम्पनीको शेयर संख्या १ हजार ३ सय २७ रहनेछन् । जसमा सवारी धनी ९ सय ५१ जना छन् । १ जनाको २८ वटासम्म शेयर छ । आगामी साउन १ गतेबाट कम्पनीमार्फत काम शुरु गरिने केसीले जानकारी दिए । ‘साउन १ गतेबाट कम्पनीको लोगोमा जानेछौं,’ उनले भने ।

हालसम्मको हिसाब किताब गरेर राज्यलाई बुझाउनु पर्ने कर, कर्मचारी, औषधी उपाचार लगायतको दायित्व पुरा गरि कम्पनीबाट काम गर्ने अध्यक्ष ऐनकुमार साईले बताए ।

lcci
You might also like

Comments are closed.