स्टार माइक्रो इन्स्योरेन्सको बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल नियुक्त

काठमाडौं । स्टार माइक्रो इन्स्योरेन्स कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल लिमिटेडलाई नियुक्त गरिएको छ ।

कम्पनीको आफ्नो जारी पूँजीको ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख रकम बराबरको कूल २२ लाख ५० हजार कित्ता साधारण शेयरहरु प्रति शेयर मूल्य १ सयको दरमा सर्वसाधारणमा निष्काशनका लागि एनआइएमबि एस क्यापिटललाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरिएको हो ।

सम्झौतापत्रमा निष्काशन कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विश्वराम तिमिला र निष्काशन तथा बिक्री प्रबन्धकका तर्फबाट महाप्रबन्धक सचिन्द्र ढुङ्गानाले हस्ताक्षर गरेका छन् । न्यून आय भएका एवं पिछडिएका क्षेत्रका नागरिक र सिमान्तकृत समुदायका व्यक्तिलाई निर्जीवन लघु बीमा सेवा पु¥याउने लक्ष्य लिएर स्थापना भएको हो ।

यस स्टार माइक्रो इन्स्योरेन्स कम्पनी २०७९ पुस १४ गते दर्ता भइ २०८० भदौ १ गतेदेखि निर्जीवन लघु बीमाको इजाजत पत्र प्राप्त गरी देशका विभिन्न स्थानमार्फत लघुु निर्जीवन बीमा सम्बन्धी कारोबार सञ्चालन गर्दै आइरहेको छ ।

You might also like

Comments are closed.