कुमारी बैंक र श्री एयरलाइन्सबीच सम्झौता

काठमाडौं । कुमारी बैंक लिमिटेड र श्री एयरलाइन्सबीच कुमारी बैंक लिमिटेडका ग्राहक र उनीहरूको परिवारका सदस्यहरूलाई श्री एयरलाइन्सबाट यात्रा गर्दा लाग्ने टिकट शुल्कमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको हो ।

सम्झौता अनुसार श्री एयरलाइन्सका काउण्टरहरुबाट कुमारी बैंकका ग्राहक र उनीहरूका परिवारका सदस्यहरू (बुवा, आमा, श्रीमती र छोरा/छोरी) को लागि टिकट खरिद गरि कुमारी बैंककै डेबिट÷क्रेडिट कार्ड, मोबाइल बैकिङ सेवाबाट रकम भुक्तानी गर्दा ५ सय रुपैयाँ छुट प्राप्त गर्न सक्नेछन् । यो सुविधाबाट सेवाग्राही लाभान्वित हुने विश्वास बैंकले गरिएको छ ।

विगत २३ वर्षदेखि निरन्तर बैंकिङ सेवा दिदै आएको कुमारी बैंकले अनवरत रुपमा वित्तीय साक्षरता प्रवर्द्धन गर्दै आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१८ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५७ शाखा रहित बैंकिङ ईकाईहरु मार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।

You might also like

Comments are closed.