काठमाडौं । सर्वाधिक विश्वसनीय स्मार्टफोन ब्रान्ड रियलमीले आफ्नो वार्षिक डिलर्स मीट सफलतापूर्वक सम्पन्न गरेको छ । काठमाडौंको नक्सालस्थित हिल्टन होटलमा आयोजित डिलर्स मीटमा नेपालभरका ६५ भन्दा बढी डिलरहरु सहभागी भएका थिए ।
आफ्ना डिलरसँगको सम्बन्ध अझ प्रगाढ पार्ने उद्धेश्यले यस डिलर्स मीटको आयोजना गरिएको कम्पनीले जानकारी दिएको छ । साथै डिलर्ससँग पारदर्शी सञ्चार कायम राख्न तथा उनीहरुले सामना गरिरहेका प्रमुख चुनौती र तिनीहरुका समाधान खोज्ने पनि यस कार्यक्रमको उद्देश्य रहेको कम्पनीले बताएको छ ।
रियलमीका हेड अफ स्ट्राटेजी एन्ड रिसर्च, श्री मुनिश गिरीले छैठौं वार्षिकोत्सव एवम् वार्षिक डिलर्स मीटको अवसरमा यसरी भेटघाट हुन पाउँदा खुशी लागेको बताउँदै भारत र नेपालभर रियलमीको उपस्थितिलाई अझ बलियो बनाएको बताएका छन् ।
डिलर्स मिटको शुरुवात गणेश वन्दना नृत्यबाट गरिएको थियो । कार्यक्रममा जगदम्बा मोबाइल्स र पशुपति ट्रेड लिंकका कर्मचारीका साथै चीनबाट आएका अन्तर्राष्ट्रिय टोली पनि सहभागी थिए ।






Comments are closed.