भ्याटमा जानुपर्ने बाध्यात्मक व्यवस्था हटाइएपछि व्युटिपार्लर व्यवसायी खुसी

पोखरा । गत वर्षको बजेटमा व्युटिपार्लर व्यवसायीलाई अनिवार्य भ्याटमा दर्ता गर्नुपर्ने बाध्यात्मक व्यवस्था थियो । जुन बजेट व्युटिपार्लर व्यवासायीलाई निरास बनाउने खालको थियो । यस पटक जेठ १५ गते अर्थमन्त्री युवराज खतिवडाले बजेट भाषण गरेसँगै व्युटिपार्लर व्यवसायीहरु खुसी भएका छन् । व्युटिपार्लर व्यवसायीलाई भ्याटको दायराबाट हटाइएपछि देशभरका व्युटिपार्लर व्यवसायीमा खुसी छाएको व्युटिपार्लर एसोसिएसन नेपालका वरिष्ठ सल्लाहकार तथा पोखरा उद्योग वाणिज्य संघका उपमहासचिव चिनु गुरुङले जानकारी दिइन् ।

व्युटिपार्लर व्यवसायलाई भ्याटमा अनिवार्य गरिएपछि व्यवसायीहरु आन्दोलनमा थिए । ‘भ्याटमा अनिवार्य सूचिबाट हटाइएपछि व्यवसायी खुसी छन्,‘ उनले भनिन्, ‘व्यवसायीलाई भ्याट अनिवार्य गर्नुहुँदैन भनेर प्रदेश सरकारका विभिन्न निकायमा ज्ञापनपत्र पनि बुझाइएको थियो । जुन कुरा सरकारबाट सुनुवाई भएको छ ।’ अर्थ मन्त्रालय, उद्योग मन्त्रालय लगायतका स्थानमा पनि व्यवसायीहरुले दबाब दिएका थिए ।

यो व्यवसाय सानो पुँजीको तथा सेवाको व्यवसाय पनि हो । भ्याटमा जानुपर्ने भएपछि कतिपयले व्यवसाय नै बन्द गर्नुपर्ने स्थिति सिर्जना भएको व्यवसायीहरु बताउँछन् । टर्न ओभरको आधारमा २० लाख रुपैयाँदेखि माथि कारोबार भएको व्युटिपार्लर छ भने भ्याटमा जानुपर्नेछ । उनी सञ्चालक रहेको गुरुङ व्युटि एकेडेमी भ्याटमै छ । आफू भ्याटमै रहेर काम गर्ने बताउँदै गुरुङले साना व्यवसायीका लागि राहत भएको उनको भनाइ छ । गुरुङले व्युटिसियन उत्पादन तथा पुनस्र्थापना गर्दै आएकी छन् ।

lcci
You might also like

Comments are closed.