सांग्रिला मोटर्सले सिट्रोन सी थ्री र ई सी थ्री मा ल्यायो ‘फेस्टिभ अफर’

काठमाडौं । नेपालमा सिट्रोन ब्रान्डको अधिकृत वितरक सांग्रिला मोटर्स प्राइभेट लिमिटेडले सिट्रोन सीउ (आईसीई इन्जिन) र सिट्रोन ईसीउ दुवैमा ‘फेस्टिभ अफर’ ल्याएको छ । चाडपर्व नजिकिँदै गर्दा सिट्रोनले आफ्ना ग्राहकलाई सन्तोषजनक र आरामदायी अनुभव प्राप्त गराउने उद्धेश्य राखेको छ ।

सिट्रोन सी थ्री डि एफ फेस्टिभ अफर
स्टाइलिश र शक्तिशाली सिट्रोन सी थ्री खोज्ने ग्राहकले ४ वर्षका लागि निःशुल्क इन्धन, ४ वर्षका लागि निःशुल्क मर्मत सम्भार, १ वर्षका लागि निःशुल्क व्यापक बिमा, १ वर्षका लागि निःशुल्क सडक कर अफर राखिएको छ । रु. ७.४ लाख डाउन पेमेन्टमा यस फेस्टिभलमा सिट्रोनको आनन्द लिन सकिनेछ ।

सिट्रोन ई सी थ्री साइनमा फेस्टिभ अफर ईको–फ्रेण्डली सिट्रोन ई सी थ्री साइन रोज्ने ग्राहकले विशेष चाडपर्व छुट, निःशुल्क व्यापक बिमा, १ वर्षका लागि निःशुल्क सड़क कर अफर रहेको छ । प्रि–बजेट मूल्य रु. ३५.९९ लाखमा उपलब्ध, सिट्रोन ई सी थ्री साइनले एक उत्साहजनक ड्राइभिङ अनुभव प्रदान गर्दछ ।

यस उत्सवको मौसममा, सांग्रिला मोटर्सले तपाईलाई सिट्रोन सी थ्री र ई सी थ्री सँग नवीनता, प्रदर्शन र आरामको उत्तम मिश्रणको अनुभव गर्न आमन्त्रित गरेको छ । आज सिट्रोन शोरूममा गएर यी उत्सव प्रस्तावको फाइदा लिन सकिनेछ ।

सिट्रोनको बारेमाः
सन् १९१९ देखि, सिट्रोनले अटोमोबाइल्स, टेक्नोलोजीहरु, र गतिशीलता समाधानको सिर्जनामार्फत समाजमा हुने परिवर्तनको प्रतिक्रिया दिँदै आएको छ । साहसी र परिर्वतनकारी ब्राण्ड भएकोले सिट्रोनले आफ्नो ग्राहक अनुभवको केन्द्रमा शान्ति र सुखमायता राख्छ । अद्वितीय एमी, शहरको लागि डिजाइन गरिएको इलेक्ट्रिक मोबिलिटी वस्तु देखि सेहान, एसयूभी, र वाणिज्यिक सवारी साधन सम्मका विस्तृत मोडलको श्रृंखला प्रदान गर्दछ ।

यी बहुचर्चित गाडीमध्ये अधिकांश गाडीहरु इलेक्ट्रिक वा प्लग–इन हाइब्रिड पावरट्रेनसहित उपलब्ध रहेका छन् । उत्तम सेवाहरू प्रदान गर्दै आफ्नो व्यक्तिगत र पेशेवर ग्राहकलाई ध्यान पुर्याउन सफल एक अग्रणी ब्रान्डको रुपमा सिट्रोन १०१ देशमा ६२ सय विक्रिय र सेवा बिन्दुहरुको नेटवर्कका साथ उपलब्ध रहेको छ ।

You might also like

Comments are closed.