सुनको मूल्य तोलामा ८ सयले घट्यो

काठमाडौं । उच्च मूल्यको कीर्तिमान कायम गरेको सुनको मूल्य लगातार ओरालो लागेको छ । यसै क्रममा आज सुन प्रतितोला रु ८ सयले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार प्रतितोला रु १ लाख ५६ हजार ४ सयमा कारोबार भएको छापवाला सुनको मूल्य आजका लागि रु १ लाख ५५ हजार छ सय निर्धारण भएको छ ।

यस्तै, चाँदीको मूल्य तोलामा रु १० ले घटेको छ । बुधबार प्रतितोला रु १ हजार ८९० मा कारोबार भएको चाँदी आजका लागि रु १ हजार ८८० निर्धारण भएको छ ।

You might also like

Comments are closed.