स्काइवर्थ सपना साकार, दशैं तिहारको बहार बम्परमा कार उपहार

काठमाडौं । केएल दुगड ग्रुप अन्तर्गत नेपालका लागि स्काइवर्थ होम एप्लायन्सेसको आधिकारिक वितरक स्मार्ट एप्लाएन्सेस प्रालिले चाडपर्वको अवसर पारेर “स्काइवर्थ सपना साकार” दशैं तिहारको बहार बम्परमा कार उपहार अफर ल्याएको छ ।

यो अफर अन्तर्गत ग्राहकले बम्पर पुरस्कारमा एमजी कमेट ई भी कार जित्न सक्नेछन् । विभिन्न होम अप्लायन्समा ४० प्रतिशतसम्म छुट प्राप्त गर्न सकिने बताइएको छ । साथै, हरेक हप्ता हुने लक्की ड्रका विजेताले माइक्रोवेभ जित्न सक्ने अवसर छ । यो दशैं तिहारको अफरमा अन्य थुप्रै पुरस्कारहरू पनि उपलब्ध छन् ।

स्काइवर्थ नेपालले नेपाली बजारमा टेलिभिजन, फ्रिज, वाशिंग मेसिन, एयर कन्डिसनर जस्ता उच्च गुणस्तरीय, अत्याधुनिक प्रविधिसहितका होम एप्लायन्सेस उपलब्ध गराउँछ ।

उच्च गुणस्तर र अत्याधुनिक प्रविधिका लागि परिचित स्काईवर्थ उत्पादनले नेपालभरका उपभोक्ताका विश्वास जित्न सफल भएका छन् । यो अफर असोज १ गते देखि कार्तिक ३० सम्म लागू हुनेछ ।

You might also like

Comments are closed.