सुनको मूल्य तोलामा रु १५ सयले वृद्धि

काठमाडौं । लगातार ओरालो लागेको सुनको मूल्य आज भने पुनःउकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुन तोलामा रु १५ सयले वृद्धि भएको छ ।

बिहीबार प्रतितोला रु १ लाख ५५ हजार ६ सयमा कारोबार भएको छापावाला सुन आजका लागि भने रु १ लाख ५७ हजार १ सय निर्धारण भएको छ ।

यस्तै चाँदीको मूल्य आज तोलामा रु ३५ ले वृद्धि भएको छ । बिहीबार प्रतितोला रु १८ सय ८० मा कारोबार भएको चाँदी आजका लागि भने रु १९ सय १५ निर्धारण भएको छ ।

You might also like

Comments are closed.