सुनको मूल्य हालसम्मकै उच्च

काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्यले पुनः नयाँ कीर्तिमान कायम गरेको छ । लगातार वृद्धि हुँदै आएको सुनको मूल्यमा आज भएको वृद्धिपछि हालसम्मकै उच्च मूल्य कायम भएको हो । अन्तर्राष्ट्रिय बजारमा पनि लगातार सुनमा मूल्य वृद्धि हुँदा त्यसको प्रभाव स्थानीय बजारमा परेको हो ।

jutta mela

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज तोलामा रु १ हजार ७ सयले वृद्धि भएको छ । शुक्रबार प्रतितोला रु १ लाख ५७ हजार १ सयमा कारोबार भएको छापावाला सुन आजका लागि रु १ लाख ५८ हजार ८ सय निर्धारण भएको छ । असोज १ गतेको तुलनामा आजको मूल्यसूची अनुसार छापावाला सुन तोलामा रु २ हजार १ सयले वृद्धि भएको छ ।

यस्तै, चाँदीको मूल्य तोलामा रु ५ ले वृद्धि भएको छ । शुक्रबार प्रतितोला रु १ हजार ९१५ मा कारोबार भएको चाँदी आजका लागि भने रु १ हजार ९२० निर्धारण भएको छ ।

You might also like

Comments are closed.