एनएमबि खेति कर्जाको लागि बागमती गाउंपालिकासंग सम्झौता

काठमाडौं । एनएमबि बैंक लिमिटेड, डि.भी एक्सेलस प्रालि (खेति एप) र बागमती गाउँपालिका मकवानपूर बीच सम्भmौता भएको छ ।

गाउँपालिकाका किसान तथा कृषि व्यवसायमा संलग्न व्यक्तिलाई एनएमबि डिजिटल कर्जा (खेती कर्जा) प्रवाह गर्ने सम्बन्धमा त्रिपक्षीय सम्झौता गरिएको छ । सम्झौतापत्रमा बैंकको तर्फबाट लघुवित्त तथा एमएसएमई प्रमुख डा. बुद्धि मल्ल, डि.भी एक्सेलस प्रालिको तर्फबाट सह–संस्थापक न्यूराज कार्की र गाउँपालिकाको तर्फबाट अध्यक्ष सर्केश घलानले हस्ताक्षर गरेका छन् ।

jutta mela

एनएमबि बैंक र डि.भी एक्सेलस बीच खेति एप मार्फत किसान तथा कृषि व्यवसायमा संलग्न व्यक्तिलाई पूर्ण रुपमा डिजिटल कर्जा प्रदान गर्नको लागि सम्झौता भए बमोजिम एनएमबि खेती कर्जा प्रदान गर्दै आइरहेको छ । गाउँपालिकाले डिजिटल कर्जामार्फत कृषि व्यवसायमा संलग्न व्यक्तिलाई कर्जा लगानी सहज बनाएर कृषकको आर्थिक अवस्था बृद्धि गर्न ३ वटा संस्थाको सहकार्यमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्ने, प्राप्त गर्न योग्य किसानलाई कर्जाको लागि सहजीकरण गर्ने, ऋणीलाई विभिन्न खालका परामर्श सेवा प्रदान गर्ने तथा कर्जा असुलीमा सहयोग गर्ने बिषयमा सहमती भएको छ ।

गाउँपालिकाका अध्यक्ष सर्केश घलानले किसानलाई कृषि व्यवसायमा उत्प्रेरित गर्नको लागि विभिन्न कार्यक्रम गरिरहेको, आफूले अझै धेरै सहयोग गरेर कृषि व्यवसायलाई आधुनिकिकरण गर्ने, कृषि व्यवसायबाट गाउँपालिकाका ऋणीलाई वित्तीय अनुशासनमा रहेर व्यवसाय गर्न लगाई एउटा उदाहरणिय गाउँपालिका बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष र वडाध्यक्ष, कृषि अधिकृत लगायत सहभागी थिए । अघिल्लो बर्ष बागमती र गण्डकी प्रदेशमा शुरु गरिएको एनएमबि खेति कर्जा अब भने छिट्टै नै देशभर शुरु गर्ने तयारी गर्न लागिएको छ । एनएमबि बैंकले हाल देशभर २०१ शाखाहरु, १८७ एटिएमहरु र ११ एक्सटेन्सन काउन्टरमार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।

You might also like

Comments are closed.