प्रतितोला रु ४ सयले बढ्दा सुनको मूल्यमा कीर्तिमान

काठमाडौं । सुनको मूल्यमा हरेक दिन नयाँ कीर्तिमान कायम भएको छ । लगातार उकालो लागेको सुनको मूल्य आज तोलामा रु ४ सयले उकालो लागेको छ ।

jutta mela

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, आइतबार प्रतितोला रु १ लाख ५८ हजार ८ सयमा कारोबार भएका आजका लागि रु १ लाख ५९ हजार २ सय निर्धारण भएको छ । शुक्रबारको तुलनामा छापावाला सुन आइतबार तोलामा नै रु १ हजार ७ सयले बृद्धि भएको थियो ।

यस्तै, चाँदीको मूल्य भने स्थिर छ । आइतबार प्रतितोला रु १ हजार ९२० मा कारोबार भएको चाँदी आजका लागि पनि समान मूल्य निर्धारण गरिएको छ । रासस

You might also like

Comments are closed.