मोटरसाइक्लिङ कार्निभल हुँदै

काठमाडौं । नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) को आयोजनामा आगामी सेप्टेम्बर २७ र २८ अर्थात आगामी शुक्रबार र शनिबार मोटरसाइक्लिङ कार्निभल आयोजना हुने भएको छ ।

यो भन्दा पहिले मोटरसाइक्लिङ फेस्टिभलको तीन वटा संस्करण सम्पन्न भइसकेकोमा अब यो वर्ष देखि मोटरसाइक्लिङ कार्निभलको रुपमा सो इभेन्ट आयोजना हुनेछ । विश्व पर्यटन दिवस (सेप्टेम्बर २७) को सन्दर्भमा आयोजना हुने सो कार्निभल पर्यटकीय नगरी नगरकोटमा हुनेछ ।

टुरिजम, पोलिसी डायलग तथा सेफ्टी र सस्टेनेबिलिटीको थिममा आयोजना हुने सो कार्यक्रमले दिगो पर्यटन, ड्राइभ टुरिजम, टु ह्विल टुरिङ, र मोटरसाइक्लिङ्ग सेफ्टीमा विषेश अर्थ राख्नेछ । कार्यक्रमको सुरुवात सेप्टेम्बर २७ को अन्तरक्रियाबाट हुनेछ, जसको विषय बागमती प्रदेशको दिगो पर्यटनमा ड्राइभ टुरिजम तथा टु ह्विल टुरिङ रहनेछ ।

jutta mela

सेप्टेम्बर २८ का दिन काठमाडौं देखि नगरकोट सम्म टु ह्विल टुरिङ टु नगरकोट नामक मोटरसाइकल ¥याली आयोजना हुनेछ । नगरकोटमा पोलिसी डायलग अन्तर्गत विमेन इन मोटरसाइक्लिङ, मोटरसाइक्लिङ सेफ्टी एन्ड सस्टेनेबिलिटी र टु ह्विल टुरिङ इन नेपाल गरी तीन विषयमा प्रस्तुतीकरण र छलफल हुनेछ ।

टु ह्विल टुरिङ इन नेपाल विषयमा पर्यटनविद् विनय शाक्य, मोटरसाइक्लिङ सेफ्टी एन्ड सस्टेनेबिलिटी विषयमा ई. गणशेखर श्रेष्ठ र विमेन इन मोटरसाइक्लिङ विषयमा प्रज्ञा अधिकारीले प्रस्तुतीकरण गर्नेछन् । यी सबै विषयमा विभिन्न विज्ञहरुले टिप्पणी गर्नेछन् । मोटरसाइक्लिङ कार्निभलको सन्दर्भमा टग अफ वार, स्लो बाइक राइडिङ र हेल्मेट टावर लगायतका विभिन्न प्रतिस्पर्धात्मक गेमहरु आयोजना गरिने छन् ।

सो अवसरमा केही भ्लगरहरुले राइडिङ र टुरिङ सम्बन्धी आफ्ना अनुभवहरु सेयर गर्नेछन् । एफआईएमको अनुबन्ध अनुसार सो कार्यक्रम आयोजना हुने नासा नेपालको टुरिजम कमिसनले जनाएको छ । यस वर्षको विश्व पर्यटन दिवसको नारा ‘टुरिजम एन्ड पिस’ रहेको सन्दर्भमा एड्भञ्चर स्पोर्टस्, टुरिजम स्पोर्टस्, ड्राइभ टुरिजम र टु ह्विल टुरिङका यस वर्षका कार्यक्रमहरु घोषणा गरिनेछ ।

कार्निभललाई एफआईएम, नेपाल पर्यटन बोर्ड तथा मोटोभर्स स्पोर्टस् क्लवको सहयोग रहने छ । नासा नेपालले विगत देखि नै टु ह्विल टुरिङमा नेतृत्वदायी भूमिका खेलिरहेको र एनटीबी तथा एफआईएमको सहयोगमा विभिन्न डेस्टिनेसनहरु रहेको गाइडलाइन सार्वजनिक गरि सकेको छ । विश्वमै मोटरसाइकल टुरहरु धेरै लोकप्रिय छन् र विस्तारै नेपालमा समेत मोटरसाइकल टुरको गन्तव्य बन्दै गएको छ ।

You might also like

Comments are closed.