सुनको मूल्य हालसम्मकै उच्च

काठमाडौं । सुनको मूल्यमा आज नयाँ कीर्तिमान कायम भएको छ । लगातार उकालो लागेको सुनको मूल्यमा आज प्रतितोला रु ५ सयले वृद्धि भएको छ ।

jutta mela

सोमबार प्रतितोला रु १ लाख ५९ हजार २ सयमा कारोबार भएको छापावाला सुन आजका लागि रु १ लाख ५९ हजार ७ सय निर्धारण भएको छ । नेपाली बजारमा यो मूल्य हालसम्मकै उच्च हो । अन्तर्राष्ट्रिय बजारमा लगातार मूल्यवृद्धि हुँदा त्यसको प्रभाव स्थानीय बजारमा परेको हो ।

यस्तै, चाँदीको मूल्य आज तोलामा रु ५ ले घटेको छ । सोमबार प्रतितोला रु १ हजार ९२० मा कारोबार भएको चाँदी आजका लागि रु १ हजार ९१५ निर्धारण भएको छ ।

You might also like

Comments are closed.