एनएमबि बैंकले गर्यो पलेशा गोबर्धन र प्रशिक्षक कविराज नेगी लामालाई सम्मान

काठमाडौं । एनएमबि बैंकले एसियाली प्याराओलम्पिक खेलकुदमा नेपाललाई पहिलो कास्य पदक दिलाउन सफल प्यारातेक्वान्दो खेलाडी पलेशा गोबर्धनलाई सम्मान गरेको छ ।

उनको अभुतपूर्व उपलब्धिको सम्मानमा, बैंकले गोबर्धनलाई नगद पुस्कार रु. ५ लाख १ हजार र उनका प्रशिक्षक कविराज नेगी लामालाई रु. १ लाख १ हजार प्रदान गरिएको छ । पलेशा गोबर्धनको प्रतिनिधित्व गरी उनको अभिभावकले सो रकम ग्रहण गरेका छन् ।

jutta mela

पलेशाको उपलब्धि र नेपालमा खेलकुदको भावनाको सम्मान गर्दै एनएमबि बैंकको विशेष समारोहमा गोबर्धन र उनका प्रशिक्षकलाई सम्मान स्वरुप नगद हस्तानतरण गरिएको बैंकले जनाएको छ ।

एनएमबि बैंकले हाल देशभर २०१ शाखाहरु, १८७ एटिएमहरु र ११ एक्सटेन्सन काउन्टरमार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।

You might also like

Comments are closed.