निःशुल्क स्वास्थ्य शिविरमा १०६ जनाले सेवा लिए

काठमाडौं । सर्वाेत्तम सिमेन्टले ‘सुखद जीवनका लागि हौँ निरोगी’ भन्ने सन्देशका साथ निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ ।

झापाको भद्रपुर–नगरपालिका वडा नं. ९ मा अवस्थित आफ्नो सर्वाेत्तम ईष्ट प्रालिको कारखानास्थलमा स्वास्थ्य शिविर सञ्चालन गरिएको हो । शिविरमा १०६ जनाले स्वास्थ्य परिक्षण गराएका छन् । कम्पनीले निःशुल्क औषधी समेत वितरण गरेको छ ।

jutta mela

वरिष्ठ फिजिशियन तथा वरिष्ठ गाइनोकोलोजिष्ट लगायत अन्य १२ जना सहयोगीले निःशुल्क स्वास्थ्य परिक्षण गरेका हुन् । कार्यक्रममा भद्रपुर नगरपालिकाका उपप्रमुख राधा कार्की, वडा नं. ९ का वडाध्यक्ष रामप्रसाद दाहाल, प्रगति टोल विकास समितिका अध्यक्ष टेकबहादुर रोक्का, उद्योगमा आबद्ध व्यक्ति सहभागी थिए ।

सामाजिक उत्तरदायित्व अन्तर्गत कम्पनीले स्वास्थ्य शिविर कार्यक्रम ल्याएको हो । आगामी दिनमा पनि विभिन्न कार्यक्रम सञ्चालन गर्दै जाने कम्पनीले जनाएको छ ।

You might also like

Comments are closed.