स्वस्थानी यातायातले सञ्चालनमा ल्यायो काठमाडौं-पोखरा सुपर एसी बस

काठमाडौं । यातायात क्षेत्रमा लामो अनुभव संगालेका युवा व्यवसायी ईश्वर थापा (खोम)ले स्वस्थानी यातायात अन्तर्गत सुपर एसी बस सञ्चालनमा ल्याएका छन् । काठमाडौं पोखरा रुटमा अन्तर्राष्ट्रिय मापदण्डको बस सेवा उनले सञ्चालनमा ल्याएका हुन् ।

आउँदै गरेको चाडपर्व लक्षित गरि सो ट्राभल्सले सोफा सीट जडान गरिएको सुविधा सम्पन्न दुईवटा बसबाट सेवा सुरु गरेको छ । छोटो समयमा नै थप बस समेत सञ्चालनमा आउने कम्पनीले जनाएको छ ।

jutta mela

यात्रुको सुविधालाई ध्यानमा राखेर आधुनिक सोफा सेट, एसी, हीटर, मोबाइल चार्जर पोइन्ट र वाइफाइको समेत सुविधा रहेको बस सञ्चालन गरिएको सञ्चालक थापाले बताए । थापा पृथ्वी राजमार्ग अन्तर्गत सञ्चालन हुने यातायातको क्षेत्रमा सफल व्यवसायी मानिन्छन् ।

सञ्चालनमा आएको नयाँ बसले पोखरा र काठमाडौंबाट दिउँसोको समयमा सेवा सुचारु गरेको छ । बसको टिकट अनलाइनमार्फत पनि खरिद गर्न सकिने बताइएको छ । उक्त बस सेवाको आज राष्ट्रिय यातायात व्यवसायी महासंघका अध्यक्ष विजय बहादुर स्वारले शुभारम्भ गरेका हुन् ।

You might also like

Comments are closed.