सुनको मूल्य तोलामा रु ६ सयले घट्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला रु ६ सयले घटेको छ । लगातार उकालो लाग्दै आएको सुनको मूल्यमा आज सामान्य गिरावट आएको हो ।

jutta mela

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार प्रतितोला रु १ लाख ६१ हजार २ सयमा कारोबार भएको छापावाला सुन आजका लागि भने रु १ लाख ६० हजार ६ सय निर्धारण भएको छ ।

यस्तै, चाँदीको मूल्य तोलामा रु १० ले घटेको छ । शुक्रबार प्रतितोला रु १ हजार ९५५ मा कारोबार भएको चाँदी आजका लागि भने रु १ हजार ९४५ निर्धारण भएको छ ।

You might also like

Comments are closed.