दसैं, तिहारको अवसरमा बुद्व बिशाल बजारमा २५ प्रतिशतसम्म छुट पाइने

पोखरा । नेपालीको महानपर्व विजयादशमी तथा दिपावलीको अवसरमा पोखराको बुद्व बिशाल बजारमा ग्राहकलाई बिषेश छुट दिइने भएको छ ।

बुद्व विशाल बजार ब्यापारिक एशोसियसनका पुर्व अध्यक्ष तथा मानार्थ सदस्य केशवबहादुर खत्रीका अनुसार ग्राहकलाई उपहार भन्दा नि गुणस्तरीय सामान बिक्रिका उद्धेश्यका साथ सबै ग्राहकलाई बुद्व विशाल बजारमा हरेक सामान खरिदमा ५ देखी २५ प्रतिशत सम्म छुट दिने ब्यवस्था गरीएको बताए ।

“उपहार पहिले पहिले नगद ५ देखी २५ प्रतिशत सम्म छुट अहिले” भन्ने नाराका साथ बुद्व विशाल बजारका हरेक पसलमा यो छुटको व्यवस्था मिलाइनुको साथै बुद्ध बिशाल बजारभित्र सामान खरिद गर्ने ग्राहकलाई निःशुल्क पार्किङको व्यवस्था गरिएको बुद्व बिशाल बजार ब्यापारिक एशोसियसनका अध्यक्ष ईन्द्रराज अर्यालले बताए ।

jutta mela

एसोसिएसनका उपाध्यक्ष बुद्धीबहादुर कुंवरले असोज १२ गतेबाट शुरु भएको यो छुट योजना आगामाी मङ्सिर ३० गतेसम्म सञ्चालन हुने बताउदै कुंवरले छुटको फाइदा लिन ग्राहकलाई आग्रह गरे । बुद्ध विशाल बजारभित्र करिब २ सय सटरमा फेन्सी, कस्मेटिक, जुत्ता चप्पल, मोवाइल पसल, वित्तीय संस्था, रेष्टुरेन्ट, सारी तथा कुर्तालगायतका पसलहरु सञ्चालनमा रहेको एसोसिएसनका महासचिव राजु केसी बताउँछन् ।


चाडपर्वको अवसरमा अन्डर ग्राउड पार्किङ सन्चालनमा

यसैबीच असोज १३ गतेबाट बुद्व बिशाल बजारमा अन्डर ग्राउड पार्किङ सञ्चालनमा ल्याइएको छ । हाल करिव २ सय वटा मोटरसाईकल राख्न सकिने पार्किङ आगामी दिनमा अभैm बिस्तार गरिने एसोसिएसनका प्रवक्ता मनोहरि पौडेलले बताए ।

हाल बुद्व बिशाल बजारमा २ ठाउमा गरी करिव २५० वटा मोटरसाईकल राख्न मिल्ने पार्किङ रहेकोमा यो पार्किङ सञ्चालनमा आएसंगै दुई पाङग्रे सवारी साधनको लागी पार्किङ समस्या समाधान हुनेछ । प्रवक्ता पौडेलले बुद्व बिशाल बजारको ३ ठाँउमा रहेका पार्किङमा अब करिव ४५० वटा दुई पाङग्रे सवारी साधान पार्किङ गर्न मिल्ने बताए ।

You might also like

Comments are closed.