शाओमी रेड्मी १४ सी नेपालमा उपलब्ध

काठमाडौं । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले रेड्मी १४ सी नेपाली बजारमा सार्वजनिक गरेको छ । यस स्मार्टफोनले प्रयोगकर्तालाई शक्तिशाली प्रदर्शन र अद्भुत डिस्प्ले उत्कृष्ट डिजाइन र अत्याधुनिक प्रविधिको संयोजनको साथ ग्राहकलाई उत्कृस्ट अनुभव प्रदान गर्ने कम्पनिले जनाएको छ ।

शाओमीले रेड्मी १३ सी को सफलताको रूपमा आफ्नो नयाँ इन्ट्री–लेभल स्मार्टफोन रेड्मी १४ सी लिएर आएको हो । रेड्मी १४ सी मा ६.८८ इन्चको डट ड्रप डिस्प्लेसहित १२० हर्ट्ज रिफ्रेस रेट रहेको छ । मिडियाटेक हेलियो जी ८१–अल्ट्रा प्रोसेसरद्वारा सञ्चालित यो स्मार्टफोनले सहज मल्टिटास्किंग र गेमिङ प्रदर्शन सुनिश्चित गर्दछ ।

आकर्षक तस्विर र सेल्फीहरूको लागि ५० मेगापिक्सेलको एआई डुअल क्यामेरा र १३ मेगापिक्सेलको फ्रन्ट क्यामेरा पनि उपलब्ध रहेको छ । १८ वाटको फास्ट चार्जिङ र अधिकतम ८ जीबी ¥याम र २५६ जीबी स्टोरेजसहित ५१६० एमएएच ब्याट्रीको सहायताले रेड्मी १४ सी ले शक्तिशाली प्रदर्शन र पर्याप्त स्टोरेज प्रदान गर्दछ ।

शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर श्री मनु मनस्वी भन्छन्, “हामी नेपालमा रेड्मी १४ सी ल्याउन पाउँदा निकै उत्साहित छौं । यस डिभाइसले प्रदर्शन, डिजाइन र किफायतीताको उत्तम सन्तुलन प्रदान गर्दछ । यस स्मार्टफोनले पनि शाओमीका अरु स्मार्टफोनलेझैं ग्राहकवर्गको मन जित्नेमा हामी विश्वस्त छौं । इनोभेसन, स्टाइल र पर्फमेन्सको उत्कृस्ट मिश्रण प्रदान गर्ने लक्ष्यलाई हामीले रेड्मी १४ सी मा पनि कायम राखेका छौँ ।”

jutta mela


मिडियाटेक हेलियो जी ८१–अल्ट्रा प्रोसेसर
रेड्मी १४ सी मा शक्तिशाली मिडियाटेक हेलियो जी ८१–अल्ट्रा प्रोसेसर रहेको छ । जसले प्रयोगकर्तालाई सहज अनुभव प्रदान गर्नेछ । कोर्टेक्स–ए७५ र कोर्टेक्स–ए५५ कोरको विशेषता भएको अक्टा–कोर सीपीयूको साथ यस स्मार्टफोनले उत्तम मल्टिटास्किंग सुनिश्चित गर्दछ । गेमिङ, ब्राउजिङ र सोसल मिडियाको प्रयोगका लागि उत्कृष्ट प्रदर्शन प्रदान गर्दछ । माली–जी५२ एमसी २ जीपीयूको साथ यस स्मार्टफोनले सहजै ग्राफिक सम्बन्धित कार्यहरू ह्यान्डल गर्न सक्छ ।

डट ड्रप रहेको डिस्प्ले
रेड्मी १४ सी मा ६.८८ इन्चको डट ड्रप डिस्प्ले रहेको छ, जसले इमर्सिभ भ्यूइङ अनुभव प्रदान गर्दछ । साथमा डिस्प्लेले १२० हर्ट्ज रिफ्रेस रेटलाई पनि समर्थन गर्दछ जसले गेमिङ, भिडियो स्ट्रिमिङ र स्क्रोलिङमा स्मुथ डिस्प्ले सुनिश्चित गर्दछ । ६०० निट्स एचबीएमले अधिकतम उज्याले र कम ब्लु लाइटमा पनि सहजै स्मार्टफोन चलाउन मद्दत पुर्याउँछ ।

५० एमपी एआई डुअल क्यामेरा र १३ एमपी सेल्फी क्यामेरा
यो स्मार्टफोनमा रहेको ५० एमपी एआई डुअल क्यामेरा र १३ एमपी सेल्फी क्यामेराले फोटोग्राफी उत्साहीलाई आकर्षित गर्ने कम्पनीले जनाएको छ । मुख्य क्यामेरामा १.८ को एपेरेचर भएकाले यसले उज्यालो र स्पष्ट तस्विरहरू प्रदान गर्दछ । यसले एचडिआर, नाइट मोड र पोर्ट«ेट मोडले प्रयोगकर्तालाई थप विकल्पहरु प्रदान गर्दछ । अगाडिको, १३ःए सेल्फी क्यामेराले क्रिस्टल–क्लियर सेल्फीहरू प्रदान गर्दछ, एचडिआर नाइट मोड र टाइम–ल्याप्स जस्ता सुविधासहित प्रयोगकर्ताले कम प्रकाशमा पनि उत्तम शटहरू खिच्न सक्ने सुनिश्चित गर्दछ ।

५१६० एमएच ब्याट्री तथा १८ वाट फास्ट चार्जिङ
रेड्मी १४सी ५१६० यम एमएच ब्याट्रीबाट सञ्चालित यस स्मार्टफोनले लामो समयसम्मको प्रयोग सुनिश्चित गर्दछ । ब्राउजिङ, गेमिङ वा भिडियो हेर्नेका लागि ब्याट्रीले २२ घण्टासम्मको भिडियो प्लेब्याकलाई समर्थन गर्दछ । १८ वाटको फास्ट चार्जिङ क्षमता रहेको यो स्मार्टफोनले प्रयोगकर्ताहरूलाई लामो प्रतीक्षा बिना छिटो रिचार्ज गर्न मद्दत दिन्छ ।

मूल्य तथा बजार उपलब्धता
रेड्मी १४ सी मिडनाइट ब्ल्याक, ड्रीमी पर्पल र सेज ग्रीनका तीन आकर्षक रंगमा उपलब्ध छ । ४ जीबी + १२८ जीबी, ६ जीबी + १२८ जीबी, ८ जीबी + २५६ जीबी भेरियन्टमा उपलब्ध रेड्मी १४ सी को मूल्य क्रमशः रु १३ हजार ९९९, रु १५ हजार ९९९ र रु १८ हजार ९९९ रहेको छ । रेड्मी १४ सी असोज ११ देखि नेपालभरका सबै एमआई स्टोर र शाओमीका आधिकारिक रिटेल आउटलेटहरूमा उपलब्ध हुनेछ ।

You might also like

Comments are closed.