बाढीपछि पर्यटकको पर्खाइमा सौराहाका होटल व्यवसायी

चितवन । सौराहास्थित राप्ती नदीको किनारमा रहेको सन्सेट होटलको नदी तटीय क्षेत्रमा बाढीले बगाएर ५ फिट बढी गहिरो भएको थियो । आज बिहान सौराहा पुग्दा बाढीले बनाएको खाल्डो पुरेर मिलाउने काम भइरहेको थियो ।

रेष्टुरेन्टका सञ्चालक दीपेन्द्र खतिवडाका अनुसार बाढीले एक मान्छे गहिरो खाल्टो बनाएको थियो । उनी भन्छन्, “अब करिब पूर्ववतः अवस्थामा आयो, भोलिबाट रेष्टुरेन्ट सञ्चालनमा ल्याउन सकिन्छ ।” हरेक वर्ष नदी तटीय क्षेत्रमा बाढी आउने भए पनि यस वर्ष अलि बढी क्षति भएको छ ।

“उनको सँगै १५ रेष्टुरेन्ट बाढीले असर पु¥याएको छ, रेष्टुरेन्ट सञ्चालकको छाता संस्था क्षेत्रीय रेष्टुरेन्ट एण्ड बार एशोसिएशन (रेवान) का अध्यक्ष ध्रुव गिरीका अनुसार अधिकांश क्षति पुगेका रेष्टुरेन्ट मर्मत र सरसफाइ गरेर सञ्चालनमा आउन थालेका छन्” उनले भने, “बाढीपछि अब हामी पर्यटकको पर्खाईमा छौँ ।”

बालुवा र पाँगो माटोले कतै भरिएको तथा कतै बाढीले खोतलेका ठाउँ र संरचना मर्मत सम्भारको काम अन्तिम चरणमा पुगेको छ । क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष गङ्गा गिरीका अनुसार राप्ती किनारका केही होटलमा नदीको बाढी पसेको थियो । ठूलो क्षति नभए पनि आंशिक क्षति केही होटलमा पुगेको थियो ।

होली लज, सपना भिलेज, होटल रिभर साइड लगायतका होटलमा बाढी पसेको थियो । ती होटलको पनि सरसफाइ र मर्मत गरिसकिएको उनले जानकारी दिए । उनी भन्छन्, “बाढीका कारण अहिले सौराहाका कुनै होटल बन्द छैनन् ।”

jutta mela

गत शुक्रबार र शनिबार परेको अविरल वर्षाले धेरै राजमार्गमा क्षति पुगेपछि त्यसको प्रत्यक्ष प्रभाव यहाँको पर्यटन क्षेत्रमा परेको छ । गिरीका अनुसार अहिले सौराहामा बढीमा ५०० पर्यटक छन् । गत वर्ष यही समयमा दैनिक चार हजार बढी पर्यटक हुने गर्दथे । तीमध्ये आधा तेस्रो मुलुकका, ३० प्रतिशत नेपाली र २० प्रतिशत चिनियाँ पर्यटक हुने गरेको उनले जानकारी दिए ।

लामो समय बस्ने पर्यटकलाई भिसा निःशुल्क गर्न र चितवन राष्ट्रिय निकुञ्ज प्रवेशको टिकट काटेपछि ७ दिन हुने व्यवस्था गर्न सकेमा पर्यटकको सङ्ख्या बढ्ने उनी बताउँछन् । अहिले हरेक दिन निकुञ्जको टिकट काट्नुपर्ने हुन्छ । टिकटको अवधि बढाएमा सौराहासहित पश्चिम चितवन, माडी र चेपाङ मार्गमा पर्यटकको सङ्ख्या बढ्ने उनको भनाइ छ ।

सङ्घका पूर्वअध्यक्ष सुमन घिमिरे यस वर्ष बाढी नआउँदा पनि उत्साह नदेखिएको भन्दै बाढी आएपछि थप प्रभावित भएको बताउँछन् । उनी भन्छन्, “विश्व बजारमा नेपालमा घुम्ने रुचि कम भएको पाइयो ।”

विदेशी पर्यटकको सङ्ख्या घटेको र नेपाली आउने समयमा बाढीका कारण बाटो अवरुद्ध हुँदा समस्या भएको उनले बताए । “बाटो बन्द छन्, जहाजको टिकट महँगो छ, त्यो पनि पाइदैन, पर्यटक कसरी आउन सक्नु ? उनले भने ।”

सङ्घका महासचिव गुणराज थपलिया यस वर्षको मुख्य यामको सुरुवातीमा पर्यटकको आगमनमा निकै आएको बताउँछन् । त्यसका कारण पर्यटनसँग सम्बन्धित क्षेत्र प्रभावित बनेको उनको भनाइ छ । सौराहामा ४५ निजी हात्ती छन् ।

ठूलो सङ्ख्यामा जीप, डुङ्गा सबै प्रभावित बनेका छन् । यहाँका १३८ होटल, १०० हाराहारी रेष्टुरेन्टमा अर्बौको लगानी छ । थपलियाका अनुसार एकै रातमा ६ हजार ६०० भन्दा बढी अट्न सक्ने क्षमता सौराहामा छ । यद्यपि पर्यटक नहुँदा समस्या भएको उनले जनाए ।

You might also like

Comments are closed.