तोलामा रु ३ सयले घट्यो सुनको मूल्य

काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु ३ सयले घटेको छ ।

jutta mela

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, शुक्रबार प्रतितोला रु १ लाख ६१ हजार ३ सयमा कारोबार भएको छापावाला सुन आजका लागि भने रु १ लाख ६१ हजार निर्धारण भएको छ ।

यस्तै, चाँदीको मूल्य तोलामा रु ५ ले बढेको छ । शुक्रबार प्रतितोला रु १ हजार ९८० मा कारोबार भएको चाँदी आजका लागि भने रु १ हजार ९८५ मा कारोबार हुने गरी निर्धारण भएको छ ।

You might also like

Comments are closed.