सुनको मूल्यः प्रतितोला रु २ हजारले बढ्यो

काठमाडौं । सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घ नेपालका अनुसार लगातार उकालो लागेको सुनको मूल्य आजको वृद्धिपछि नयाँ उचाइमा पुगेको हो ।

महासङ्घका अनसार सुनको मूल्य आज प्रतितोला रु २ हजारले वृद्धि भएको छ । बिहीबार प्रतितोला रु १ लाख ६२ हजार ४ सयमा कारोबार भएको छापावाला सुन आजका लागि भने रु १ लाख ६४ हजार ४ सय निर्धारण भएको छ ।

यस्तै, चाँदीको मूल्य तोलामा रु ३० ले बढेको छ । बिहीबार प्रतितोला रु १ हजार ९५० मा कारोबार भएको आजका लागि भने रु १ हजार ९८० निर्धारण भएको छ ।

You might also like

Comments are closed.