एफआइए मोटरस्पोर्ट गेम्स २०२४ मा नेपाली खेलाडी सहभागी हुँदै

काठमाडौं । एफआइए मोटरस्पोर्ट गेम्स २०२४ मा नेपाली खेलाडीहरु सहभागी हुने भएका छन् । यही अक्टोवर २३ देखि २७ मा स्पेनको भ्यालेन्सियामा एफआइए मोटरस्पोर्ट गेम्स हुनेछ ।

अन्तर्राष्ट्रिय अटोमोवाइल फेडेरेसनको आयोजनमा ओलम्पीक फम्र्याटमा हुने विश्वकै सबैभन्दा ठूलो एकमात्र अन्तर्राष्ट्रिय मोटरस्पोर्टसको प्रतियोगितामा ३ नेपाली ड्राइभरले सहभागीता जनाउने छन् ।

विभिन्न दर्जनौ विधामा हुने सो गेम्समा नेपाली टिमले दुइ विधामा भाग लिनेछ । ई–स्पोर्टस जिटि विधामा दिप्रश शाक्यले प्रतिस्पर्धा गर्नेछन् भने कृष्णप्रसाद पौडेल र प्रज्ञा कंडेलले अटो स्लालमका प्रतिस्पर्धी हुन । जहाँ उनीहरुले चुनौतीपूर्ण कोर्स र प्रतिस्पर्धामा आफ्नो क्षमता, स्किलस र स्पिडको प्रदर्शन गर्नेछन् ।

सुरुवातमा कार्टस् ड्राइभर रहेका दिप्रश शाक्य नेपाली सिम–रेसिङ्गका उत्कृष्टमध्येका ड्राइभर हुन भने कृष्णप्रसाद पौडेल एशिया प्यासिफिक अटोजिमखाना च्याम्पियनशिपका प्रतिस्पर्धी र एथलेट कमिसनका संयोजक समेत हुन् । त्यसैगरी बैंक अफिसर रहेकी प्रज्ञा नेशनल अटोक्रसकी सफल प्रतिस्पर्धी तथा मोटरस्पोर्टस् लाइसेन्स होल्डर ड्राइभर हुन् ।

प्रत्येक २–२ वर्षमा हुने सो प्रतिष्ठित अन्तर्राष्ट्रिय प्लेटफर्ममा विश्वका ५० औँ देशका खेलाडीसंग प्रतिस्पर्धा हुने हुँदा आफ्नो कौशलता प्रदर्शन गर्नेे ठूलो अवसरको रुपमा विश्वकै खेलाडीले लिएका हुन्छन्, जहाँ मोटरस्पोर्टसका विश्वप्रसिद्ध ड्राइभरसंग नेपाली ड्राइभरहरु भिड्ने रोमाञ्चकता र इतिहास छुट्टै हुनेछ ।

नेपाल अटोमोवाइल्स एसोसिएसनका अध्यक्ष दशरथ रिसाल नेपाली टिमको अफिसियल डेलिगेट र टिम व्यवस्थापकमा यदुराज लामिछाने तथा यस अघिको संस्करणमा फ्रान्सको ट्रयाकबाटै रिर्पोटिङ्ग गरेका टीकाराम यात्री मिडिया डेलिगेटको रुपमा उपस्थित हुनेछन् ।

देशमा भर्खरै लोकप्रिय बन्दै गरेको मोटरस्पोटर्सको प्रर्वद्घन र प्रमोसनमा तथा विश्वस्तरिय ड्राइभरहरु तयार गर्न यस किसिमको अन्तर्राष्ट्रिय सहभागिता र टिमले थप मदत पुग्नेछ ।

अघिल्लो संस्करण २०२२का समेत टिम व्यवस्थापक रहेका यदुराज लामिछानेले एफआइए मोटरस्पोर्ट गेम्स २०२४ मा नेपालको प्रतिनिधित्व गर्न पाउँदा नेपाली मोटरस्पोर्टस्ले गर्व महसुस गरेको र गेम्सको उत्कृष्ट प्रतिस्पर्धिहरुसंग प्रतिस्पर्धागर्न खेलाडीहरु उत्सुक भएको बताएका छन् ।

सो गेम्सको लागी नेपाली टिम समर्पित रहेको र उनीहरुको क्षमतामा रामो प्रदर्शन गर्ने विश्वास लिइएको संघका अध्यक्ष दशरथ रिसाल बताउँछन् । उनी भन्छन् “यो केवल प्रतिस्पर्धा मात्र होईन, नेपालको बढ्दो मोटरस्पोर्टस् संस्कृतिलाई प्रदर्शन गर्ने अवसर पनि हो ।”

केही वर्ष अघिदेखि मात्रै सुरु यस विश्व प्रतिस्पार्धासंगै एशिया संस्करण एसिया प्यासेफिक मोटरस्र्पोट च्याम्पियनशिप, एशिया प्यासिफिक अटोजिमखाना च्याम्पियनशिप, ओलम्पीक इस्पोर्टस सिरिज समेतमा नेपाली टिमले नियाित सहभागीता भइरहेको छ ।

You might also like

Comments are closed.