एफआईए मोटर मोटरस्पोर्ट गेम्स २०२४ का लागि नेपाली टिमको विदाई

काठमाडौं । स्पेनको भ्यालेन्सियामा अक्टोवर २३ देखि २७ मा आयोजना हुने एफआइए मोटरस्पोर्ट गेम्स २०२४ को लागी नेपाली टिमलाई आज अन्तर्राष्ट्रिय स्पोर्टस् कम्पेक्स, सातदोबाटोबाट विदाई गरिएको छ ।

अन्तर्राष्ट्रिय अटोमोवाइल फेडेरेसनको आयोजनमा ओलम्पीक फम्र्याटमा हुने विश्वकै सबैभन्दा ठूलो एकमात्र अन्तर्राष्ट्रिय मोटरस्पोर्टसमा भाग लिने तीन नेपाली ड्राइभरसहित ६ सदस्यीय नेपाली टिमलाई नेपाल अटोमोवाइल्स एसोसिएसनले आज विदाई गरेको हो ।

सांसद तथा पूर्व मन्त्री योगेश भट्टराई, बागमति प्रदेश खेलकुद विकास परिषदका सदस्य सचिव दिपक लामा, राष्ट्रिय खेलकुद परिषदका बोर्ड सदस्य अन्जन धमला तथा एफआइए वल्र्ड काउन्सिल मेम्बर गोविन्द भट्टराई लगायतले नेपाली टिमलाई विदाई गरेका हुन् । आज साँझ ७ को इमिरेटको फ्लाइटबाट प्रस्थान गर्ने नेपाली टिम भोली स्पेन पुग्नेछ ।

यस गेम्सको ई–स्पोर्टस जिटि विधामा दिप्रश शाक्यले प्रतिस्पर्धा गर्नेछन् भने कृष्णप्रसाद पौडेल र प्रज्ञा कंडेलले अटो स्लालमका प्रतिस्पर्धि हुन् । नेपाल अटोमोवाइल्स एसोसिएसनका अध्यक्ष दशरथ रिसाल नेपाली टिमको अफिसियल डेलिगेट, टिम व्यवस्थापकमा यदुराज लामिछाने तथा टीकाराम यात्री मिडिया डेलिगेटको रुपमा नेपाली टिममा सहभागी छन् ।

प्रत्येक २–२ वर्षमा हुने सो प्रतिष्ठित अन्तर्राष्ट्रिय प्लेटफर्ममा नेपालको सहभागीताले भर्खरै लोकप्रिय बन्दै गरेको मोटरस्पोटर्सको प्रर्वद्घन र प्रमोसनमा तथा विश्वस्तरिय ड्राइभरहरु तयार गर्न थप मदत पुग्नेछ ।

 

 

 

You might also like

Comments are closed.