सुनको मूल्यमा नयाँ कीर्तिमान

काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला रु ६ सयले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार यो मूल्य स्थानीय बजारमा हालसम्मकै सबैभन्दा बढी हो ।

आइतबार प्रतितोला रु १ लाख ६५ हजारमा कारोबार भएको छापावाला सुन आजका लागि भने रु १ लाख ६५ हजार ६ सय निर्धारण भएको छ ।

यस्तै, चाँदीको मूल्यमा पनि कीर्तिमान कायम भएको छ । आइतबारको तुलनामा आज चाँदी प्रतितोला रु २० वृद्धि भएको छ ।

आइतबार चाँदी प्रतितोला रु २ हजार ७५ मा कारोबार भएको चाँदी आजका लागि भने रु २ हजार ९५ निर्धारण भएको महासङ्घले जनाएको छ ।

You might also like

Comments are closed.