टि.टि. ग्लोबलद्वारा पोखरामा कात्तिक १३ गते धनतेरस इ.भि. कार्निभल हुँदै

काठमाडौं । टि.टि. ग्लोबलले आउँदो धनतेरसको अवसरमा धनतेरस इ.भि. कार्निभल आयोजना गरेको छ ।

नेपाली बजारमा नेटा, दायुन, रिड्डारा र अवतारका आधिकारिक वितरक, सि.जी. मोटर्सका आधिकारिक विक्रेता टि.टि. ग्लोबलले कात्तिक १३ गते धनतेरसको दिन कार्निभल गर्न लागेको हो ।

सीटी स्कव्यार बाङ्कवेट एण्ड रेष्टुरेन्ट न्युरोड, पोखरामा हुने कार्निभल बिहान ८ बजेबाट सुरु हुनेछ । ग्राहकले‌ धनतेरस इ.भि. कार्निभलमा रिड्डारा, दायुन, नेटा एक्स, नेटा भि र अवतार वान वान को खरिदमा विशेष अफरको लाभ उठाउन सक्नेछन् ।

ग्राहकले यस कार्निभलमार्फत सो गाडीको खरिदमा आकर्षक एक्सचेन्ज बोनस, आकर्षक क्यास डिस्काउन्ट, १ वर्षको निशुल्क बिमा, चालु आर्थिक वर्षको निशुल्क सडक कर, ६.६ किलोवाटको निशुल्क फास्ट चार्जर र निशुल्क स्पेर टायर प्राप्त गर्न सक्ने बताइएको छ ।

ग्राहकले यस अफरको लाभ उठाउन आयोजित धनतेरस इ.भि. कार्निभलमा जान गएर सेवा लिन सकिनेछ । ग्राहकले ९८०२८५३०८५, ९८०२८५३०९६, ९८०२८५३०९७, ९८०२८५१८१८ मा सम्पर्क गर्न सक्नेछन् । सो अफरमा सर्त तथा नियम लागु हुनेछन् ।

 

You might also like

Comments are closed.