नेपाली खेलाडीलाई एक गोल बराबर १० हजार दिने पत्रकार प्रकाश ज्ञवालीको घोषणा

पाल्पा । पत्रकार प्रकाश ज्ञवालीले साफ च्याम्पियनसिप २०२४ को फाइनल खेलमा नेपाली खेलाडीको एक गोल बराबर रु १० हजार दिने घोषणा गरेका छन् ।

पाल्पा रामपुर नगरपालिका वडा नं ३ गण्डकीढिक बस्ने पत्रकार ज्ञवालीले सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै सो घोषणा गरेका हुन् । गोल गर्ने नेपाली खेलाडीलाई दिने पत्रकार ज्ञवाली बताउँछन् ।

आफूले घोषणा गरेको रकम पाल्पाको रामपुर नगरपालिका मार्फत खेलाडीलाई दिने बताएका छन् ।

हाल पत्रकार ज्ञवाली कटुवाल खबर डटकममा आबद्ध छन् । ज्ञवाली नेपाल प्रेस युनियन पाल्पाका कार्यसमिति सदस्य समेत हुन् ।

You might also like

Comments are closed.