काठमाडौं । सुनको मूल्य हालसम्मकै महँगो भएको छ । लगातार उकालो लागेको सुनको मूल्यमा आज भएको वृद्धिपछि हालसम्मकै उच्च बिन्दुमा पुगेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार नेपालीको दोस्रो ठूलो पर्व तिहारको अवसरमा सुनको मूल्यमा उच्च वृद्धि भई कीर्तिमान कायम गरेको छ ।
बुधबार प्रतितोला रु २२ सयले वृद्दि भई रु १ लाख ७० हजार ७ सयमा कारोबार भएको छापावाला सुन आजका लागि भने रु १ लाख ७१ हजार निर्धारण भएको छ । बुधबारको तुलनामा आज प्रतितोला रु ३ सयले वृद्धि भएको हो ।
यस्तै चाँदीको मूल्य तोलामा रु ३० ले घटेको छ । बुधबार प्रतितोला रु २१ सय २० मा कारोबार भएको चाँदी आजका लागि रु २ हजार ९० निर्धारण भएको छ ।
Comments are closed.