२ करोड १४ लाख राजस्व सङ्कलन

कुनौली (सप्तरी) । राजविराजस्थित यातायात व्यवस्था सेवा कार्यालयले आर्थिक वर्ष २०८१/८२ को ३ महिनामा रु २ करोड बढी राजस्व सङ्कलन गरेको छ ।

सवारीसाधन कर, नयाँ सवारी दर्ता, नवीकरण तथा सवारी चालक अनुमतिपत्र जारीबाट आव २०८१/८२ को साउनदेखि असोजसम्ममा रु २ करोड १४ लाख ६ हजार १२० राजस्व सङ्कलन भएको कार्यालय प्रमुख कामेश्वर रोहिताले बताए ।

सवारीसाधन करबाट १ करोड ३६ लाख ५ हजार ५२५, यातायात क्षेत्रको आम्दनीबाट रु ६५ हजार ९१० र सवारी दर्ता किताबापत रु २५ लाख ४३ हजार १८५ राजस्व सङ्कलन भएको छ । सवारी चालक अनुमतिपत्र बापत रु ९१ लाख ९१ हजार ५ सय राजस्व सङ्कलन भएको छ ।

विसं २०७९ साउन ३१ गते सेवा प्रारम्भ भएको उक्त कार्यालयबाट आव २०८०/८१ मा रु १३ करोड ८५ लाख ५८ हजार १५१ राजस्व सङ्कलन भएको थियोभने २०७९/८० मा रु ७ करोड ५६ लाख २५ हजार ४७५ सङ्कलन भएको थियो ।

You might also like

Comments are closed.