पोखरा । उत्थानशील (दलित) महिला सञ्जाल पोखरा १४ द्वारा आयोजित गुडिया बनाउने तालिम सम्पन्न भएको छ । पोखरा महानगरपालिका वडा नं. १४ को सहयोगमा तालिम भएको हो । १५ दिनसम्म चलेको तालिम शुक्रबार एक कार्यक्रमका बीच सम्पन्न भएको छ ।
प्रमुख अतिथि वडा नं. १४ का अध्यक्ष प्रेमबहादुर कार्कीले महिलाहरुको क्षमता वृद्धिका लागि वडाले तालिमहरु सञ्चालन आगामी दिनमा पनि गर्ने बताए ।
कार्यक्रममा वडा सचिव अर्जुन सुवेदी, महिला सदस्य यसोदा भट्टराई, सुनकमली विक, विधाता हस्तकला प्रशिक्षण केन्द्रका सञ्चालक तथा प्रमुख प्रशिक्षक सविता श्रेष्ठ रञ्जित लगायतले बोलेका थिए ।
सञ्जालकी अध्यक्ष शोभा वि.क.को अध्यक्षतामा कार्यक्रम भएको हो । तालिममा ४५ जना सहभागी थिए । दलित तथा पीछडिएका महिलाहरुलाई लक्षित गरी तालिम आयोजना गरिएको हो ।
Comments are closed.