रामपुरका ३०७ जना किसानलाई अनुदानमा गहुँको बीउ वितरण

रामपुर (पाल्पा) । पाल्पा रामपुर नगरपालिकाका किसानलाई अनुदानमा गहुँको बीउ वितरण गरिएको छ ।

एक हजार ६२८ किलो गौतम, ५ हजार ८३२ किलो विजय जात गरी जम्मा ७ हजार ४६० किलो गहुँको बीउ वितरण गरिएको कृषि शाखा प्रमुख नारायणप्रसाद गैरेले जानकारी दिए । रामपुरका ३०७ जना किसानले अनुदानमा गहुँको बीउ प्राप्त गरेका छन् ।

नगरपालिकाले ५० प्रतिशत अनुदानमा किसानलाई बीउ उपलब्ध गराएको छ । सार्वजनिक सूचना जारी गरी किसानको मागका आधारमा बीउ उपलब्ध गराइएको कृषि शाखाले जनाएको छ ।

नगरपालिकाको अनुदान सहयोगमा बीउ पाएपछि किसानमा उत्साह थपिएको मथुरा ढकालले बताइन् । नगरपालिकाले सार्वजनिक सूचना जारी गरी किसानको मागका आधारमा धान, गहुँ, मकैलगायत बीउबिजन वितरण गर्दै आइरहेको छ ।

You might also like

Comments are closed.