ब्रेनब्रिज एजुकेसनको सेवा सुरु

काठमाडौं । विदेशमा अध्ययन गर्न चाहने विद्यार्थीका लागि सही परामर्श दिने उद्देश्यका साथ स्थापना भएको ब्रेनब्रिज एजुकेसनले आफ्नो सेवा सुरु गरेको छ ।

दशैं, तिहार तथा छठ पर्वको अवसरमा सेवा शुभारम्भ गरेको यस एजुकेसनले विद्यार्थीलाई भाषा शिक्षण कार्यक्रमहरु आइइएलटिएस, पिटिइ, स्याटलगायतमा विशेष छुट पनि ल्याएको छ ।

अमेरिका, बेलायत, अष्ट्रेलिया, फ्रान्सलगायतका विभिन्न देशमा उच्च शिक्षामा जान चाहने विद्यार्थीका लागि सही परामर्श दिने उद्देश्यले ब्रेनब्रिज एजुकेसन स्थापना भएको र यसले सधैं यही उद्देश्य बोकेर हिँड्ने ब्रेनब्रिजकी सन्चालक अर्चना दवाडीले बताइन् ।

‘विश्वव्यापीकरणको यो समयमा विद्यार्थीले आफ्नो करिअर सुन्दर बनाउन विश्वका जुनसुकै देशको शिक्षालाई प्राथमिकतामा राख्न सक्छन्,’ दवाडीले भनिन्, ‘त्यस्ता विद्यार्थीलाई सही मार्गदर्शन नै हाम्रो उद्देश्य हो ।’

पछिल्लो समय नेपालमा निकै धेरै शैक्षिक परामर्श कम्पनी खुलेपनि कतिपयले विद्यार्थीलाई भ्रामक सूचना दिने गरेको आरोप लाग्न थालेको छ । ‘हामीले विश्वका विभिन्न देशमा जान चाहने विद्यार्थीलाई सही सूचना मात्र दिने प्रण गरेका छौँ,’ दवाडीले भनिन् ।

मध्यबानेश्वरमा रहेको ब्रेनब्रिज एजुकेसनले नेपाली शिक्षा क्षेत्र सुधारका लागि पनि ब्रेनब्रिज छात्रवृत्ति कार्यक्रम ल्याउने दवाडीले बताएकी छन् ।

 

You might also like
Ram Tulasi Palpa

Comments are closed.