पोखरा । फोटोग्राफर संघ गण्डकी प्रदेशले आयोजना गरेको मिराज राष्ट्रिय बैबाहिक फोटो प्रतियोगितामा प्रदिप श्रेष्ठ विजेता बनेका छन् भने अको विधा नेचर एण्ड लैण्डस्केप फोटो प्रतियोगितामा सजिनमणि पौडेलको फोटो विजेता बनेको छ ।
फोटोग्राफर संघ गण्डकी प्रदेशको चौथोे साधारण सभा तथा दोस्रो अधिवेशनको अवसरमा प्रतियोगिताको पुरस्कार वितरण गरेको हो । संस्थाले मिराज राष्ट्रिय बैबाहिक फोटो प्रतियोगिता र नेचर एण्ड लैण्डस्केप फोटो प्रतियोगिता गरी २ विधामा प्रत्येक वर्ष फोटो प्रतियोगिता गर्ने गरेको छ । करिव २ सय जना फोटोग्राफर सहभागी रहेको प्रतियोगितामा करिव ११ सय तस्बिर समावेश गरिएको थियो ।
मिराज राष्ट्रिय बैबाहिक फोटो प्रतियोगितामा सर्वोकृष्ट भएका प्रदिप श्रेष्ठले रु १५ हजार ५५५ नगदसहित ट्रफी र प्रमाणपत्र पाएका छन् । नेचर एण्ड लैण्डस्केप बिधातर्पm सजिनमणि पौडेलको तस्बिर सर्वोत्कृष्ट बन्दै नगद रु १० हजारसहित ट्रफी र प्रमाणपत्र पाएका छन् । मिराज राष्ट्रिय बैबाहिक फोटो प्रतियोगितातर्फका अलग–अलग ५ बिधातर्फ ब्राइड एण्ड ग्रुम पोट्रेट बिधातर्फ सर्वोत्कृष्ट नन्दु श्रेष्ठ, उत्कृष्ट ५ मा अबी घिमिरे, सानुकाजी महर्जन, भुवन श्रेष्ठ, सन्देश थापाले बाजी मारे ।
बेष्ट कलरिड एण्ड रिटचिडतर्फ सर्वोत्कृष्ट अबी घिमिरे, सुशील श्रेष्ठ, निरोज भण्डारी, विजय शर्मा, रामजी थापा उत्कृष्ठ ५ मा पर्न सफल भए । बेष्ट मोमेन्ट क्याप्चरतर्फ उत्कष्ट सुशील अधिकारी फोकस श्रेष्ठ, आलोक कुमाल, देव पोखरेल, रामचन्द्र पोखरेल उत्कृष्ट ५ मा पर्न सफल भए । कपल पोजिड अन वेडिङ डे तर्फ सवातर््ेकृष्टमा कृष्ण सापकोटा नन्दु श्रेष्ठ, पूरन थापा, बिसाल तामाङ, उदय थुलुङ उत्कृष्ट ५ मा पर्न सफल भए ।
यसैगरी टिपीकल कल्चरतर्फ सर्वोत्कृष्ट प्रदिप श्रेष्ठ भए भने अस्मिर थापा, नारायणहरि अधिकारी, अशोक श्रेष्ठ र दिवस लम्साल उत्कृष्ट ५ मा पर्न सफल भए । नेचर एण्ड लेण्डस्केप बिधातर्पm उत्कृष्ट ५ मा पुर्णबहादुर मौराती, राकेस गुरुङ, एलेक्स नेपाली, बिस्वास, बव शाईका तस्बिरले ट्रफी र प्रमाण पत्र प्राप्त गरेका छन् । निर्णायक समितिले छनौट गरी सिफारीस गरेका तस्बिरलाई कार्यक्रममा घोषणासहित पुरस्कार वितरण गरिएको प्रतियोगिता संयोजक भक्त तामाङले बताए ।
कार्यक्रमको प्रमुख अतिथि नेपाल फोटोग्राफर महासंघका अध्यक्ष महेन्द्रप्रसाद उपाध्यायले उत्कृष्ट फोटोग्राफरलाई मेडल तथा प्रमाणपत्रले सम्मान गरेका हुन् । कार्यक्रमा प्रेस रजिष्टार बिमला भण्डारी, कैलाश सहकारीका अध्यक्ष खडानन्द अधिकारी, कृष्णप्रसाद बास्तोला, कमल पौडेल अथक, दिगम्वर राजबंशी, श्रीराम कँडेल, दिनेश अर्याल, हरि घिमिरे, प्रेमप्रसाद गौतम, प्रतियोगिता संयोजक भक्त तामाड, निर्णायक राज बुढा, पुरस्कृत फोटोग्राफर प्रदिप श्रेष्ठ लगायतले आफ्ना भनाइ राखेका छन् ।
स्वागतसहित संस्थाका गतिविधि साथै फोटोग्राफी प्रतियोगिताको महत्वका बारेमा संस्थाका अध्यक्ष दुर्गाप्रसाद पौडेलले प्रष्ट पारेका हुन् । उपाध्यक्ष नारायणबहादुर केसीले धन्यवाद दिएको कार्यक्रममा सचिवको प्रतिवेदन साथै कोषाध्यक्षको प्रतिवेदन पारित गरिएको छ । संस्थाका अध्यक्ष दुर्गाप्रसाद पौडेलको अध्यक्षतामा सञ्चालित कार्यक्रम संस्थाका सचिव तुलसीराम सुवेदीले सञ्चालन गरेका हुन् । साथै शनिवार नै फोटोग्राफर संघ गण्डकीका उपाध्यक्ष नारायणबहादुर केसीको अध्यक्षतामा ११ पदेन जिल्ला संसोजकसहित ३१ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।
कार्यसमितिमा अध्यक्ष नारायणबहादुर केसी, बरिष्ठ उपाध्यक्ष तुलसीराम सुवेदी, प्रथम उपाध्यक्ष बलभद्र श्रेष्ठ, द्वितिय उपाध्यक्ष जिवन ढुंगाना, तृत्तीय उपाध्यक्ष घनश्याम पौडेल, महासचिव प्रेमप्रसाद पराजुली, सचिव नारायण गौतम, कोषाध्यक्ष रामचन्द्र पोख्रेल, सह–कोषाध्यक्ष सुरेश रेग्मी, सदस्यमा राममणी पौडेल प्रदीप पाठक, राजन अधिकारी, गणेश गैह्रे, आत्मराम पौडेल, बिकास खाँण रहेका छन् ।
Comments are closed.