राष्ट्रिय कृषि कम्पनी नेपालमा रोजगारीको अवसर, एकैपटक १६१ भन्दा बढी कर्मचारी माग

काठमाडौं । राष्ट्रिय कृषि कम्पनी नेपाल लिमिटेडले विभिन्न पदमा कर्मचारीको लागी आवेदन माग गरेको छ । नेपालको कृषि क्षेत्रको विकासमा योगदान गर्ने उद्धेश्यले कृषि रुपान्तरण र किसान सशक्तिकरणका लागि स्थापित यस संस्था रहेको छ ।

कामप्रति प्रतिबद्ध र तोकिएको योग्यता पुगेका व्यक्तिहरूले कम्पनीले माग गरेको पदमा आवेदन पेश गर्न अनुरोध गरेको छ । साथै कंपनीले jobs.talentconnects.co वेवसाइट मार्फत आवेदन पेश गर्न सक्ने व्यवस्था मिलाएको बताएको छ ।

बैदेशिक रोजगारीमा रहेका र फर्केका व्यक्तिलाई लक्षित गर्दै २५ प्रतिशत आरक्षणको व्यवस्था समेत गरिएको छ । इच्छुक उमेद्वारले यही पुस १ गतेभित्र आवेदन पेश गरिसक्नुपर्नेेछ । कम्पनीका अनुसार आवेदन पेश गर्दा कुनै शुल्क लाग्ने छैन ।

कम्पनीले केन्द्रीय कार्यालय मध्यपुर थिमि भक्तपुर तथा देशका विभिन्न जिल्लामा सञ्चालनमा आउन लागेका शाखा कार्यालयका लागी फुल टाइम र पार्ट टाइम गरी १६१ जना भन्दा बढी कर्मचारीको लागि आवेदन माग गरेको राष्ट्रिय कृषि कम्पनी नेपाल लिमिटेडका अध्यक्ष तथा कार्यकारी प्रमुख बिशाल हुमागाईले बताएका छन् ।

You might also like

Comments are closed.