प्रतिभा माविमा प्रतिभा प्रस्फुटन कार्यक्रम

पोखरा । प्रतिभा माध्यमिक विद्यालय पोखरा नदीपुरले त्रिदिवसीय प्रतिभा प्रस्फुटन कार्यक्रम गरेको छ । विद्यार्थीको पढाइका साथै उनीहरूमा रहेको अन्तर्निहित प्रतिभालाई प्रस्फुटन गराउने उद्देश्यले प्रतिभा प्रस्फुटन कार्यक्रम गरेको हो ।

विद्यालयका संस्थापक प्राचार्य किरण सापकोटाले विद्यार्थीको प्रतिभालाई उजागर गर्नका लागि विद्यालयले समय–समयमा यस्ता कार्यक्रम गर्दै आइरहेको बताउदै विद्यार्थीबाट विभिन्न सांस्कृति झल्कने नृत्यबाट आफू अत्यन्त हर्षित भएको बताएका छन् ।

कक्षा ६ देखि कक्षा १० सम्म अध्ययनरत विद्यार्थीको प्रतिभा प्रस्फुटनमा नृत्य विधाअन्तर्गत करिव ८० वटा विधामा विभिन्न जातजाति, क्षेत्र, सामाजिक, संस्कृति झल्कने नृत्यमा आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए । कक्षागत रुपमा भएको कार्यक्रममा कक्षा ६ बाट सुरक्षा चपाई र स्मृति तिमिल्सिना प्रथम, साहिल थापाको समूह द्वितीय, समृद्धि पराजुली तृतीय र साजल ताम्रकारको समूह, दीपशिखा केसी, अभिषेक सुवेदी र क्षितिज सापकोटा सान्त्वना भएका छन् ।

त्यसैगरी कक्षा ७ र ८ बाट अदिति श्रेष्ठ र वर्षा गुरुङ प्रथम, सिल्विया केसी र आर्या थकाली द्वितीय, दिव्या पौडेल, आसिमा सेन र सामना कँडेल तृतीय र जोतिन्मा ताम्राकारको समूह र जेवीना गुरुङ सान्त्वना भएका छन् । त्यस्तै कक्षा ९ र १० बाट चाहना थापाको समूह प्रथम, सान्भी लमिछानेको समूह द्वितीय, ग्लोरी राना र व्रिmसा बालकोटी तृतीय र व्रिmस्पी श्रेष्ठको समूह सान्त्वना भएका छन् ।

कक्षा १० मा अध्ययनरत छात्र सुशान्त भुषालको अध्यक्षतामा भएको कार्यक्रम कक्षा ९ मा अध्यनरत प्रशन्न ढकालले स्वागत गरेका हुन् । मिलन तामाङ र युवराज गुरुङले निर्णायकको भूमिका गरेको कार्यक्रमको सञ्चालन अतिरिक्त क्रियाकलाप प्रमुख प्रकाश अधिकारी र विद्यार्थीहरू दीक्षान्त थापा, लक्षिता राना र सिजन गुरुङले गरेका थिए ।

विजेतालाई विद्यालयका प्राचार्य किरण सापकोटा, सहायक प्राचार्यद्वय प्रदीप खनाल, बुद्धिमोहन पौडेल लगायतले पुरस्कार वितरण गरेको विद्यालयका नेपाली विभागका प्रमुख विष्णुप्रसाद पौडेलले जानकारी दिए ।

You might also like

Comments are closed.