माछापुच्छ्रे गाउँपालिका स्तरीय छैठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

पोखरा । कास्कीको माछापुच्छ्रे गाउँपालिकाले छैठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको विहिबार देखि सुरु गरेको छ । स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने मुल नाराका साथ माछापुच्छ्रे गाउँपालिकाकोे आयोजनमा भएको प्रतियोगिताको गण्डकी प्रदेश सभा सदस्य गणेश गुरुङले उद्घाटन गरेका हुन् ।

मानिस खेलका माध्यमबाट स्वास्थ्थ,सुखी र समृद्ध बन्न सक्ने, खेलले बालबालिकाको शारिरिक तथा बौद्धिक विकासमा महत्वपूर्ण भुमिका रहने साथै खेलको माध्यमबाट व्यक्ति, समाज र राष्ट्रलाई चिनाउन सकिने हुदा खेलकुलाई हरेक क्षेत्रले प्राथामिकतामा राख्नुपर्ने प्रदेश सभा सदस्य गुरुङले बताए ।

गाउँपालिका उपाध्यक्ष सीता अधिकारीले खेल क्षेत्रमा गुणात्मक प्रगति गर्नको लागि गाउँपालिकाले आगामि दिनमा अझै रचनात्मक कार्यक्रमलाई अगाडी बढाउने विश्वास व्यक्त गरिन् । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोपिकृष्ण अर्यालले गत वर्ष जसरी यस वर्ष संघीय सरकार बाट सहयोग नरहेता पनि खेलकुदलाई प्राथामिकतामा राखेर पालिकाको आर्थिक लगानिमा यस खेललाई निरन्तरता दिएको बताए ।

वडा न.२ का वडाध्यक्ष एवं प्रवक्ता गणेश आर्चायले राष्टिय नेतृत्वमा रहेका नेताहरुको विभिन्न भ्रष्टचारका समाचारहरु आउदा यस्ता खेलकुदका माध्यम साथै अन्य क्षेत्रमा भविष्य खेजिरहेका यूवाहरुमा निरशा छाएको बताएका छन् । कार्यक्रममा शुभकामना दिदै वडा न.९ का वडाध्यक्ष एवं सामाजिक विकास समिति संयोजक हरिबहादुर क्षेत्रिले खेलमा हारजित त भैहाल्छ तर खेल मर्यादित, अनुशासित र लगनशिल भएर खेल्न खेलाडीहरु आग्रह गरेका छन् ।

आइतवार भएको खेलमा मार्च पासतर्फ प्रथम सागर मेमोरियल बोडिङ स्कुल, द्धितिय शुक्ला गण्डकी मा.वि, तृतिय सारदा मा.वि भएको छ ।पुरुष १५०० मि. दौडमा प्रथम माछापुच्छ्रे मा.विका अनुप नेपाली ,द्धितिय निश्पक्ष मा.विका नविन वि.क , तृतिय उदय मा.विका कुशल नेपाली भए । महिला १५०० दौडमा प्रथम बराह मा.वि कि पुर्णिमा नेपाली, द्धितिय उदय मा.वि कि सरस्वती भण्डारी , तृतिय महेन्द्र मा.वि कि सम्झना अधिकारी रहेका छन् ।

पुरुष ४०० मि. दौडमा प्रथम शुक्लागण्डकी मा.विका पृतम परियार , द्धितिय बराह मा.विका रोहित परियार, तृतिय महेन्द्र मा.विका अरुण परियार भए । महिला ४०० मि. दौडतर्फ प्रथम पृथ्वीनारायण माविकी विनिता वि.क, द्धितिय बराह माविकी विपना अधिकारी र तृतिय शुक्लागण्डकी माविकी दिपिशा पोखरेल हात पारिन् । पुरुष १०० मि. दौडमा ज्ञानज्योति बोर्डिङ स्कुलका एलन शाही प्रथम, पृथ्वीनारायण माविका आविष्कार वि.क द्धितिय र शुक्लागण्डकी माविका अद्धितिय भारती तृतिय भएका छन् ।

महिला १०० दौडतर्फ सागर मोमोरियल बोर्डिङ स्कुलकी सन्ध्या लम्साल प्रथम, शुक्लागण्डकी माविकी प्रतिज्ञा पोखरेल द्धितिय र निश्पक्ष माविकी एलिना लामिछाने तृतिय भएकी हुन् । लगंजम्प महिलातर्फ महेन्द्र माविकी कुशुम नेपाली प्रथम, शुक्लागण्डकी माविकी प्रतिक्षा पोख्रेल द्धितिय र निश्पक्ष माविकी एलिना लामिछाने तृतिय भईन् । नृत्यतर्फ प्रथम सागर मेमोरियल बोडिङ स्कुल, द्धितिय उदय मावि र तृतिय बराह मावि रहेको छ ।

गाउँपालिका उपाध्यक्ष सीता अधिकारीको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत वडा न.९ का वडाध्यक्ष एवं सामाजिक विकास समिति संयोजक हरि बहादुर क्षेत्रिले र सञ्चालन शिक्षा यूवा तथा खेलकुद शाखा प्रमुख सम्झना पोखरेलले गरेका हुन् । गत मङ्सिर ६ गते देखि ८ गते सम्म लाहाचोक महेन्द्र माविको खेलमैदानमा सञ्चालन हुने रनिङ शिल्ड प्रगियोगितामा पालिकाभित्रका १२ वटा माविको सहभागिता रहेको छ ।

You might also like

Comments are closed.