चितवन । मिसिका फाउण्डेसनले चितवनको इच्छाकामना ६ कालीखोलास्थित देवीभन्ज्याङ राष्ट्रिय आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीलाई जाडोको न्यानो कपडा र स्टेशनरीका सामग्री वितरण गरेको छ ।
मनकामना ग्रुप अफ कम्पनी अन्तर्गत सामाजिक उत्तरदायित्व बहन गर्ने उद्धेश्यले स्थापना भएको यस फाउण्डेसनले विगतका बर्षमा जस्तै यसबर्ष पनि स्व. मिसिका अर्यालको १० औँ स्मृति दिवस पारी जाडोमा लगाउने न्यानो कपडा तथा स्टेसनरीका सामाग्री वितरण गरेको हो ।
बिशेषगरी बिपन्न समुदाय अन्तर्गत चेपाङ समुदायका बालबालिकाहरु अध्ययन गर्ने यस विद्यालय चितवनको सदरमुकाम भरतपुर तथा मुग्लिन बजार र हाईवेबाट नजिकै भएतापनि बत्तिमुनिको अध्यारो जस्तै दुर्गम मानिएको छ ।
मिसिका फाउन्डेसन, इनर ह्विल अफ नारायणी, लायन्स क्लव अफ चितवन सिटि र लायन्स क्लब अफ चितवन मर्सीको संयुक्त रुपमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा मनकामना ग्रुप अफ कम्पनि तथा मिसिका फाउन्डेसनका डिरेक्टर मधुसुदन अर्यालले यस कार्यक्रमले बिपन्न समुदायका बालबालिकाको लागी साहाराको स्रोतमा रूपान्तरण गर्ने सानो प्रयास भएको बताए ।
प्रधानाध्यापक ज्ञानु पाण्डेले फाउन्डेसनले गर्दै आएको यस कार्यक्रमले विद्यार्थीमा विद्यालय नियमित गएर पढ्नुपर्छ भन्ने भावना सिर्जना भएको बताए । न्यानो कपडा तथा स्टेसनरीका सामानले पठनपाठनमा उर्जा मिलेको कक्षा ६ मा अध्ययनरत छात्रा संगीता चेपाङ बताउछिन् । फाउन्डेसनले आगामी दिनमा पनि यस्ता कार्यलाई निरन्तरता दिने बताएको छ ।
Comments are closed.