सुनको मूल्य प्रतितोला रु १७ सयले बढ्यो

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासङ्घ नेपालका अनुसार आज सुनको मूल्य रु १७ सयले वृद्धि भएको छ ।

शुक्रबार प्रतितोला रु १ लाख ६५ हजार ५ सयमा कारोबार भएको छापावाला सुन आजका लागि रु १ लाख ६७ हजार २ सय कायम भएको हो ।

यस्तै, चाँदीको मूल्य तोलामा रु २० ले बढेको छ । शुक्रबार प्रतितोला रु १ हजार ९४० मा कारोबार भएकामा आजका लागि रु १ हजार ९६० निर्धारण भएको छ ।

You might also like

Comments are closed.