एमएडब्लू हायर पर्चेज उत्कृष्ट करदाताबाट सम्मानित

काठमाडौं । आन्तरिक राजश्व कार्यालय विराटनगरले एमएडब्लू हायर पर्चेज प्रालिलाई उत्कृष्ट करदाताको सम्मान गरेको छ । कार्यालयले १३ औं राष्ट्रिय कर दिवस एवम् कर सप्ताहको समापन समारोहमा एमएडब्लूलाई उत्कृष्ट करदाताको रूपमा सम्मान गरेको हो ।

कार्यालयका प्रमुख कर अधिकृत भूपालराज शाक्य र कार्यक्रमका प्रमुख अतिथि मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले कम्पनीका महप्रबन्धक प्राणनाथ भट्टराईलाई उत्कृष्ट करदाताको रुपमा प्रमाणपत्रले सम्मान गरे । नेपाल राष्ट्र बैंकको इजाजतपत्र अनुसार वि.सं. २०६८ सालमा स्थापना भएको एमएडब्लू हायर पर्चेजले आफ्ना ग्राहकलाई सजिलो र झन्झटमुक्त हायर पर्चेज समाधान उपलब्ध गराउँदै आएको छ ।

एमएडब्लू इन्टरप्राइजेजको सहायक कम्पनीको रूपमा स्थापित यस कम्पानीले एक अग्रणी हायर पर्चेज फाइनान्सिंग कम्पनीका रूपमा मुख्यतया साना र मझौला कम्पनीका उद्यमीलाई व्यावसायिक सवारी साधन र भारी उपकरणको फाइनान्सिंग सेवा प्रदान गरेर उनीहरूका वित्तीय लक्ष्यहरु प्राप्त गर्न मद्दत गर्दै आएको छ ।

You might also like

Comments are closed.