भन्सार दर घटेपछि सुन र चाँदीको मूल्य घट्यो, आज प्रतितोला सुन १ लाख ५१ हजार ३ सय

काठमाडौं । सरकारले भन्सार दर घटाएपछि सुन र चाँदीको मूल्य घटेको छ । आइतबार प्रतितोला रू १ लाख ६७ हजार २ सयमा कारोबार भएकामा आज घटेर प्रतितोला रू १ लाख ५१ हजार ३ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै, चाँदीको मूल्य आइतबार प्रतितोला रू १ हजार ९६० मा कायम भएकामा आज घटेर आज रू १ हजार ८४५ कायम भएको छ । प्रतितोला रू ११५ घटेको हो । सुन आयातमा २० प्रतिशत भन्सार लाग्दै आएकामा त्यसलाई घटाएर १० प्रतिशत बनाइएको छ ।

त्यस्तै, चाँदीको १५ प्रतिशत भन्सार लाग्ने गरेकामा त्यसलाई पनि ५ प्रतिशत बिन्दुले घटाएर १० प्रतिशत कायम गरिएको छ । उच्च भन्सार दरका कारण भारतबाट नेपालमा सुन तस्करी भएको भन्दै सरकारले भन्सारदर घटाएको थियो ।

You might also like

Comments are closed.