काठमाडौं । यो साता कारोबारको पहिलो दिन घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज भने दोहोरो अङ्कको सुधार देखिएको छ । नेप्से परिसूचक आज १५ दशमलव ८३ अङ्कले बढेर २ हजार ६८३ दशमलव २४ को विन्दुमा कायम भएको हो ।
आज ३०९ कम्पनीको १ करोड २२ लाख ६३ हजार ७८० कित्ता शेयर ६५ हजार ८२४ पटक किनबेच हुँदा रू ६ अर्ब ३४ करोड ५८ लाख ९ हजार ५९७ बराबरको कारोबार भएको छ । उत्पादन तथा प्रशोधन समूह ० दशमलव २३ र म्युचुअल फन्ड ० दशमलव ३२ प्रतिशतले घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ ।
सबैभन्दाधेरै वित्त समूह २ दशमलव २७ प्रतिशतले बढेको छ । बैंकिङ ० दशमलव ११, विकास बैंक १ दशमलव २१, होटल तथा पर्यटन १ दशमलव २४, जलविद्युत् ० दशमलव ४४ र लगानी समूह १ दशमलव ०५ प्रतिशतले बढेका छन् ।
त्यस्तै, जीवन बीमा ० दशमलव २३, लघुवित्त ० दशमलव १९, निर्जीवन बीमा १ दशमलव २७, व्यापार ० दशमलव ०९ र अन्य समूह १ दशमलव ६८ प्रतिशतले बढेको छ । बेस्ट फाइनान्स कम्पनी लिमिटेडको शेयर मूल्य आज सबैभन्दा धेरै ९ दशमलव ९१ प्रतिशतले बढेको छ । सबैभन्दा धेरे घट्नेमा भने ङादी ग्रुप पावर लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।
कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा सबैभन्दा धेरै ङादी ग्रुप पावर लिमिटेडको रू ५४ करोड ७ लाख ५० हजार ६७८ बराबरको १० लाख ७७ हजार ६८५ कित्ता शेयर किनबेच भएको छ ।
Comments are closed.