काठमाडौं विश्वविद्यालयमा मोटर स्पोर्ट्स

काठमाडौं । काठमाडौं विश्वविद्यालयका विद्यार्थीको संस्था एसोसिएशन अफ मेकानिकल इन्जिनियरिङ स्टुडेन्टले ‘अल नेपाल गो–कार्ट कम्पिटिसन कलेज–टू–कार्ट्स’ को तयारी पुरा गरेको छ ।

विश्वविद्यालयका विद्यार्थीको इनोभेटिभ अभियान अभियान्ता २४ नामक वार्षिक फ्लागसिप कार्यक्रमको सन्दर्भमा हुने ईभेन्ट नेपाल अटोमोबाइल्स एसोसिएशनको ‘कलेज टु कार्ट्स’ इभेन्टसंग संवनयन गरिएको राष्ट्रिय इभेन्ट् हो । कार्यक्रम धुलिखेलको हिमालयन मोटरल्याण्डमा हुनेछ ।

ट्रेनिंग तथा ओरेन्टेशन भने काठमाडांै विश्वविद्यालयलको सभाहलमा हुने भएको छ । ओरेन्टेशनमा कार्ट्सको डिजाईन तथा सुरक्षा बिधि, प्रतियोगिताको नियम, मर्शलिंग बिधि, तथा राष्ट्रिय मोटो स्पोर्ट्सको ड्राईभरको प्रशिक्षण, लाइसेन्सिंग तथा महिला कार्ट्स ड्राईभरको लागि छुट्टै प्रक्षिक्षण समेत दिइनेछ । जसले आगामी महिना धुलिखेलमै हुने ‘माउण्ट एभरेस्ट मोटरस्पोर्टस फेस्टिभल २०२४’ मा सहभागीताको अवसर पाउनेछन् ।

ईभेन्टमा नेपालभरिका विभिन्न पाँचवटा इन्जिनियरिङ कलेजका सातवटा टिम र उनीहरुले तयार गरेका कार्ट्सको प्रतिस्पर्धा हुनेछ । प्रत्येक टिमबाट सातजना गरी जम्मा ४९ विद्यार्थीको सहभागीता रहने जनाइएको छ । जसको एक विजयी उत्कृष्ट खेलाडीले आगामी बर्ष श्रीलंकामा हुने एसिया प्यासिफिक मोटो स्पोर्ट चम्पिओंनशिपमा नासा नेपालको तर्फबाट सहभागिताको अवसर पाउनेछन् ।

सम्बन्धित कलेजका खेलाडीले आफ्नो कलेजको सबै टिम मेम्बेरसंग समेत प्रतिस्पर्धा गर्नेछन् । जसबाट प्रत्येक कलेजको विजेता समेत घोषणा गरिनेछ । विद्यार्थीले सो ईभेन्टमा आ–आफ्नो विज्ञता र कौशलता अनुरुप सीप, डिजाईन, सृजनशीलता प्रदर्शन गर्दै प्रतिष्पर्धामा उत्रने भएका छन् ।

सरकारी ड्राईभिंग तथा राईडिंग लाइसेन्स प्राप्त सहभागीले नासा नेपालको ‘मोटर स्पोर्ट्स इन दि बक्स’ कार्यक्रममा सहभागी हुने सकिनेछ । जहाँ उनीहरुले कार्ट्सको छुट्टै प्रतियोगितामा सहभागी हुन सक्नेछन् । सानीमा हाईड्रोपावर, डब्लू डि एन, नेपाल टेलिकम र अस्टेक नेपालद्वारा प्रायोजित तथा सहकार्य रहेको सो इभेन्ट नासा नेपालमा समेत आब्द्ता रहेको छ । सो इभेन्टको कुल पुरस्कार राशी नगद एक लाख पुरस्कार रहेको छ ।

नेपालमा नौलो र चुनौतीपूर्ण मानिएको मोटो स्पोर्ट्स विधामा काठमाडौं विश्वविद्यालय तथा विभिन्न इन्जिनियरिङ कलेजका विद्यार्थीको उत्साह, क्रियाशिलता र प्रत्क्षय सहभागिताले नयाँ इनोभेटिभ कार्यमा थप मद्दत पुग्नुका साथै नेपाली मोटो स्पोर्ट्स नया उचाइमा पुग्ने काठमाडौं विश्वविद्यालयका विद्यार्थी तथा आयोजक संस्थाका सचिव स्वीकार कोइरालाले बताएका छन् ।

You might also like

Comments are closed.