पश्चिम दाङ जोड्ने सडक निर्माण सुरु

तुलसीपुर (दाङ) । पश्चिम दाङ जोड्ने तुलसीपुरको गहतेदेखि शान्तिनगरको बाघमारेसम्म सडक निर्माण सुरु भएको छ ।

सडक पूर्वाधार विकास कार्यालयका प्रमुख मनिषकुमार अर्यालका अनुसार माथिल्लो सडकको भमकेबाट निर्माण सुरु भएको हो । साढे ३ मिटर चौडा सो सडकलाई साढे ५ मिटर चौडा बनाइने छ ।

शारदा निर्माण सेवासहित तीन ठेकेदार कम्पनीलाई गत वर्ष रु १ करोड ४० लाख र चालु वर्षमा रु १ करोड ८२ लाख पेश्की प्रदान गरिएको छ । “अहिले पर्याप्त बजेट छैन, ठेकेदार कम्पनीले पेश्कीका आधारमा काम सुरु गरेको छ”, उनले भने ।

हाल गहतेखोलाबाट ८ दशमलव ८ किलोमिटरसम्मलाई स्तरवृद्धि गरेर साढे ५ मिटर चौडाइ बनाइने छभने त्यसलाई कालोपत्र पनि गरिने जनाइएको छ ।

उक्त सडक स्तरवृद्धिका लागि रु १६ करोड ५० लाखमा सम्झौता भएको छ । उक्त सडकको बिहीबार लुम्बिनी प्रदेशसभा सदस्य तथा प्रदेशका पूर्वअर्थमन्त्री धनबहादुर मास्कीले अनुगमन गरेका छन् ।

 

You might also like

Comments are closed.