काठमाडौं । नास आईटी अवार्ड्स २०२४ मा विभिन्न विधामा भाग लिएका कम्पनीहरु मध्ये ४ वटा आईसीटी कम्पनीहरू नेपालको प्रतिनिधित्व गर्दै एशिया प्यासिफिक आईसीटी अलायन्स (एपिक्टा) अवार्ड्स २०२४ ब्रुनेईमा सहभागी हुँदैछन् ।
यो अवार्ड डिसेम्बर ४ देखि ७ सम्म ब्रुनेईमा आयोजना हुँदैछ । नेपाली कम्पनीको प्रतिनिधित्वले नेपालको सूचना प्रविधि समुदायलाई ग्लोबल प्लेटफर्ममा चिनाउन धेरै मदत गर्दछ । एपिक्टा अवार्ड्स एशिया–प्यासिफिक क्षेत्रभरिका प्राविधिक उत्कृष्ट र नवाचारलाई सम्मान गर्ने एक विश्वव्यापी मान्यता प्राप्त मञ्च हो ।
यस वर्ष एपिक्टा अवार्ड्समा नेपालसहित अस्ट्रेलिया, बंगलादेश, ब्रुनेई, चीन, चिनियाँ ताइपेइ, हङकङ, इन्डोनेसिया, जापान, मकाओ, मलेसिया, म्यानमार, पाकिस्तान, सिंगापुर, श्रीलंका, थाईल्यान्ड र भियतनामका विभिन्न कम्पनी बीच प्रतिस्पर्धा हुनेछ ।
आई.एम.एस पी.ओ.एस म्यानेजमेन्ट (आई.एम.एस सफ्टवेयर प्रालि), फाइनान्स र एकाउन्टिङ सोल्युसन्स (फिनटेक), इलारा कम्प्लायन्स म्यानेजमेन्ट सिस्टम (त्रिलोक्य टेक्नोलोजी प्रालि), सेकुरिटी सोल्युसन्स, ईकागजपत्र (ईकागजपत्र प्रालि), प्रफेशनल सर्भिसेज सोल्युसन्स, एल.एम.सी एलर्ट (अलपास टेक्नोलोजी प्रालि), गभर्मेन्ट, सिटिजन सर्भिसेस र डिजिटल गभर्मेन्ट लगायत एपिक्टा अवार्ड्समा नेपालको प्रतिनिधित्व गर्ने कम्पनीहरू हुन् ।
यो प्रतिष्ठित कार्यक्रमले अन्तर्राष्ट्रिय बजार माझ नेपाली आईसीटी कम्पनीलाई उनीहरूको क्षमता र विशेषज्ञता प्रदर्शन गर्ने अवसर दिनेछ । नास आईटीले यसलाई नेपालको आईटीको क्षेत्रको प्रवद्र्धनको लागि महत्वपूर्ण कदमको रूपमा हेर्दछ । यसले नेपाललाई एक आईटी हबको रूपमा स्थापित गर्ने नेपाल सरकारको लक्ष्यमा ठुलो सहयोग पुर्याउनेछ ।
Comments are closed.