पोखरा । पोखराको गैह्रापाटनमा रहेको कुमुदिनी होम्स माध्यमिक विद्यालयले आयोजना गरेको क्याम्पिङमा विद्यार्थीहरु रमाएका छन् ।
विद्यालयले शुक्रवारिय कार्यक्रम अन्तर्गत कक्षा १ का विद्यार्थीलाई लक्षित गरी विद्यालय प्राङ्गणमा क्याम्पिङ कार्यक्रम आयोजना गरेको हो ।संस्थापक अध्यक्ष अशोक पालिखेले क्याम्पिङका लागि विद्यालय प्राङगणमा निर्माण गरिएको १४ वटा टेन्टमा शिक्षक तथा विद्यार्थी विभाजित भएर बसेको जानकारी दिए ।
पढाईसंगै विभिन्न तहका विद्यार्थीलाई तह अनुसार विभिन्न क्रियाकलापमा सहभागि गराउँदै आएको पालिखेले बताए । क्याम्पिङमा ६१ विद्यार्थी र १५ जना शिक्षक गरी ७६ जना सहभागि थिए ।

साँझमा बालबालिकाको लागि तयार गरिएको शैक्षिक चलचित्र हेर्नुका साथै खानापछि उनीहरु क्याम्प फायरमा नाचगान गरेर रमाइलो लिएका छन् ।






Comments are closed.