समता एजुकेसन फाउन्डेसनलाई नेपाल लाइफ इन्स्योरेन्सको रु १० लाख सहयोग

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत समता एजुकेसन फाउन्डेसनलाई रु १० लाख रकम प्रदान गरेको छ ।

कम्पनीका सञ्चालक कमलेशकुमार अग्रवाल र प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले फाउन्डेसनका अध्यक्ष दिपक सन्जेललाई रु १० लाख नगदको चेक हस्तान्तरण गरेका छन् । फाउन्डेसनका अध्यक्ष सन्जेलले २३ वर्षको इतिहास बोकेको समतामा आजको दिनमा देशको ७७ वटै जिल्लामा करिब ३० हजार विद्यार्थी अध्ययन गर्दै आएको जानकारी दिए ।

नेपाल लाइफका सञ्चालक अग्रवालले मासिक रु. १०० शुल्क लिएर आर्थिक अवस्था कमजोर भएका बालबालिकालाई नर्सरीदेखि स्नातकोत्तर तहसम्म अङ्ग्रेजी माध्यमबाट गुणस्तरीय शिक्षा प्रदान गरिरहेको समता एजुकेसन फाउन्डेसनकोे संस्थापक लगायत व्यवस्थापनलाई धन्यवाद दिँदै शिक्षा क्षेत्रको यो अभियान राष्ट्र निर्माणमा एक कोसेढुङ्गा रहन जाने बताएका छन् ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत पराजुलीले देशको कर्णधार विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्न सके राष्ट्रले दक्ष जनशक्ति प्राप्त गर्ने बताउँदै कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत फाउन्डेसनलाई सहयोग पु¥याउन १० लाख प्रदान गरिएको बताए ।

हालसम्म विभिन्न संघसंस्थाको सहयोगबाट विद्यालय चलिरहेको र सहयोगबाट मात्र सञ्चालन दीर्घकालीन नहुने हुँदा अक्षयकोषको निर्माण गर्दै अनवरत रुपले शिक्षण कार्यलाई निरन्तरता दिने फाउन्डेसनले जनाएको छ ।

 

You might also like

Comments are closed.